सांस्कृतिक कलाकार समाजद्वारा पत्रकार श्रेष्ठ सम्मानित
रामेछाप – सांस्कृतिक कलाकार समाज रामेछापले पत्रकार सुमित श्रेष्ठलाई सम्मान गरेको छ । शनिबार समाजकाे कल्याणकारी कोष स्थापनाको अवसरमा पत्रकार श्रेष्ठलाई सम्मान गरेकाे हाे ।
रामेछापको कला सस्कृतिकाे संरक्षण , प्रबर्द्धन तथा जगेर्ना गर्नका लागि पत्रकारीता मार्फत उल्लेख्य भुमिका खेलेकाे भन्दै समाजले पत्रकार श्रेष्ठलाई सम्मान गरेकाे छ । लामाे समयदेखि पत्रकारीता क्षेत्रमा क्रियाशील रहदै आएका श्रेष्ठ हाल ए पी वान टेलिभिजनमा जिल्ला सम्वाददाताकाे रुपमा कार्यरत छन् भने जिल्ला स्थित अक्षता दैनिक र हाम्राे अनलाइनमा कार्यरत रहेका छन् ।
श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले सम्मानपत्रद्धारा सम्मान गरेका थिए । सम्मानित श्रेष्ठले रामेछापको कला ,संस्कृति, साहित्य र सिर्जनाकाे सम्बर्द्धन गर्नका लागि सधै आफ्नाे कलम चलिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
क्याटेगोरी : मनाेरञ्जन, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस