शैक्षिक सुधारका लागि पहल गर्छु: अध्यक्ष घिमिरे
रामेछाप – गौरीशंकर बहुमुखी क्याम्पस रामेछापका नव निर्वाचित अध्यक्ष सन्देश घिमिरेले क्याम्पसमा शैक्षिक सुधारका लागि पहल गर्ने बताएका छन् । घिमिरेले आफ्नाे कार्यकाल भित्र शैक्षिक सुधार गरेर क्याम्पसलाई नमुनायाेग्य बनाउने बताएका हुन् ।
शनिवार क्याम्पसकाे सभाबाट निर्विरोध रुपमा अध्यक्ष भएका घिमिरेले निर्वाचित सञ्चालक समिति र त्यसको अध्यक्षको हैसियतले बैठकको निर्णय र आपसी सहमतिका आधारमा क्याम्पसको शैक्षिक सुधारका कार्यहरु गर्ने जनाएका छन् । त्यस्तै गुणस्तरीय शिक्षा प्रदानका लागि भाैतिक संरचना पनि पर्ने भएकाले भवन निर्माणको कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
त्यसैगरि अध्यक्ष घिमिरेले तत्काल कार्ययोजना बनाएर काम गर्ने समेत बताए । जिल्लाकै पुरानाे क्याम्पसका रुपमा चिनिएको क्याम्पस भएपनि क्याम्पस हाता भित्र अहिले पनि दर्जनौं समस्याहरु लेखा परेकाे बताउदै घिमिरे उक्त समस्याहरु समाधान गर्दै सम्पूर्ण तवरले शैशिक सुधारमा लाग्ने बताए ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ Top 10 Marketing Pitfalls
- २ On Demand Book Printing And Book Self Publishing
- ३ 10 Powerful Marketing Tips
- ४ Cause Of Hair Loss In Women – The Role Of Dht & Sebum
- ५ व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्न जनप्रतिनिधिलाई आग्रह
- ६ रामेछापमा घर आगलागी हुदा एक महिलाको मृत्यु
- ७ ट्रेड युनियनलाई मजदुरकाे समस्या बुझेर काम गर्न सभापति तामाङकाे आग्रह
- ८ स्थानिय उत्पादनको बजारीकरण तथा प्रबर्धनका लागि मन्थलीमा हाटबजार सुरु
प्रतिक्रिया दिनुहोस