पर्यटन पत्रकारीता तालिम सम्पन्न
नुवाकोट – नेपाल पत्रकार महासंघ बागमती प्रदेशकाे आयाेजनामा २ दिने पत्रकारीता तालिम सम्पन्न भएकाे छ । सिन्धुपाल्चोक र नुवाकोट जिल्लाको सिमामा पर्ने पर्यटकीय क्षेत्र चिसापानीमा तालिम सम्पन्न भएको हाे।
पत्रकारीताकाे माध्यमबाट पर्यटन प्रबर्द्धन गर्ने र देशकाे आर्थिक उपार्जनसँग पत्रकारीतालाई जाेड्ने उदेश्य महासंघ प्रदेशले उक्त तालिमकाे आयाेजना गरेका महासंघकले जनाएकाे छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले तालिमकाे उद्घाटन गर्दै नेपालको पर्यटकीय संभावनाहरुलाई उजागर गर्दे पर्यटन क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा रुपान्तरण गर्न संचार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।
त्यस्तै गरि कार्यक्रममा पत्रकार महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्य धु्रबकुमार रावल, बागमती प्रदेश अध्यक्ष शिव देबकोटा, नुवाकोट जिल्ला अध्यक्ष कपिलदेब खनाल, बरिष्ठ पत्रकार कुबेर चालिसे लगायतले मुलुकको आर्थिक बिकासमा संचार क्षेत्रको भूमिका लगायतका बिषयमा आ-आफ्नो धारणा ब्यक्त गरेका थिए।
तालिमा बरिष्ठ पत्रकारहरु कुबेर चालिसे, टिपी भुसाल र अशोक सिलवालले पर्यटन पत्रकारीताका सम्बन्धि प्रशिक्षण दिएका थिए । साे तालिममा बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुबाट १८ जना पत्रकार सहभागीता रहेकाे
महासंघका प्रदेश सचिव युवराज पुरीले जानकारी दिए ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस