सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु २४ जना घाइते
रामेछाप – सिन्धुलीको फिक्कलमा बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु भएकाे छ भने २४ जना घाइते भएका छन् । आइतबार बिहान ओखलढुंगाबाट काठमाडौ जाँदै गरेकाे बा २ (ख) ६५९६ नम्बरको बस फिक्कल गाउँपालिका ४ कुइभिर डाँडामा दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परि मृत्यु हुनेमा २ महिला, २ पुरुष र १ बच्चा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
त्यसैगरि दुर्घटनामा परि २४ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जना गम्भीर रहेकाे प्रहरीले जनाएको छ । घाइतहरुको उद्धार गरी प्राथमिक उपचारका लागि खुर्कोट लगिएको छ भने दुर्घटनाको विस्तृत विवरण आउन बाँकि रहेकाे प्रहरीले जानकारी दिएको छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस