फोनिजको साधारण सभा सम्पन्न
रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रामेछापको ११ औं साधारण सभा बिहिबार मन्थलीमा सम्पन्न भएको छ । शाखाका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त साधारण सभाको प्रतिनिधिसभाका सदस्य पूर्णवहादुर तामाङ (कान्छाराम) ले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै तामाङले जिल्लामा कृयाशिल पत्रकारहरुले समाजका हरेक गतिविधिका बारेमा समाचार संप्रेषण गर्नुपर्ने वताए । जिल्ला वनाउने हामी सवैले हो यस्को र उस्को भनेर हामी नबसौं तामाङले त्यसका लागि केन्द्रीय सरकार र अन्य साझेदार संग विकास ल्याउने माग्ने काम आफुले गर्ने वताए । म नेपाली काँग्रेसबाट निर्वाचित भएपनि अरु दलको मागलाई पनि संवोधन गरी विकास गर्ने सोच लिएर अघी बढेको छु तामाङले भने रामेछाप वनाउनका लागि अव सवै जुट्नु परेको छ ।
कार्यक्रममा बागमति प्रदेश सभा सदस्य आनन्दकुमार श्रेष्ठले राज्यका चौथो अङ्गको रुपमा रहेको पत्रकारीता क्षेत्रले समाज विकासका लागि र मुलुकको राजनीतिक परिवर्तनका लागि उल्लेख्य काम गरेको वताउदै पत्रकारहरुले व्यवसायीकतामा जोड दिनु पर्ने वताए । उनले समाजमा अझै धेरै विकृति विसंगति , अभाव र कुरिती रहेको उल्लेख गर्दै त्यसलाई खोतल्नका लागि पत्रकारको सक्रियताको आवश्यकता रहेको वताए ।
मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले पत्रकारहरुको विकासका लागि स्थानीय सरकारले सकेको र विधिले हुने कुरा सहयोग गर्ने वताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे, फोनिजका बागमति प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, नेपाली काँग्रेसका उप सभापति लेखवहादुर कार्की, नेकपा एमालेका उप सचिव प्रकाश कार्की लगाएतले व्यवसायीक पत्रकारहरुले समाज विकासका लागि पु¥याउनु पर्ने योगदानको बारेमा आ -आफ्ना धारणा राखेका थिए । कार्यक्रममा पत्रकारहरुका विभिन्न संघ संस्थाका प्रतिनिधिले समेत धारणा राखेका थिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस