७१ बर्षिया वृद्धाको शंकास्पद मृत्यू , प्रहरीले अनुसन्धान थाल्यो
रामेछाप । रामेछापको गोकुलगंगा ४ बेतालीकी ७१ बर्षिया वृद्धा पद्यम कुमारी खड्काको शनिबार राति भएको मृत्यू शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान थालेको छ ।
घरमा एक्लै वस्दै आएकी खड्काको आईतबार विहान अगेना नजिक जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
शनिबार घरको भुईतलामा रहेको अंगेना नजिक सुतेकी खड्का आईतबार विहान अवेर सम्म घर बाहिर नकिस्के पछि छिमेकीले ढोकाबाट चियाउदा उनीलाई जलेको अवस्थामा देखेका थिए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक होमवहादुर पराजुलीका अनुसार खड्का घरमा एक्लै वस्दै आएकी थिईन । दिउंसो ३ वजे बारीमा काम गरीरहेको र सांझ तिर वरण्डामा देखिएकी खड्का विहान अवेर सम्म घर बाहिर ननिस्कीएपछि छिमेकीले खोजि गरेका थिए ।
घटनास्थलमा पुगेर आईतबार सांझ मन्थली फर्कदै गरेका पराजुलीले खड्काको शव आधा भन्दा बढी जलेको अवस्थामा फेला परेको वताए । ‘एउटा खुट्टा बाहेक शरिरको अधिकांश भाग जलेको छ । गुन्द्री र ओड्ने पनि जलेको अवस्थामा छन्’ पराजुलीले भने – घटना शंकास्पद भएकाले अनुसन्धान थालेका छौं । उनले वृद्धाको आफन्तले जाहेरी ल्याएपछि थप अनुसन्धान गर्ने वताए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस