मन्थली नगरपालिकाले स्थानापतिको गुरुयोजना वनाउने
रामेछाप । मन्थली नगरपालिकाले नगर कार्यपालिकाको बैठक वडा नम्बर ९ मा रहेको प्रशिद्ध स्थानापति मन्दिर परिसरमा आयोजना गरेको छ ।
शुक्रबार नगर प्रमुख लब श्रेष्ठको अध्यक्षतामा स्थानापतिमा बसेको चालु आर्थिक बर्षको छठौं बैठकले स्थानापति मन्दिर क्षेत्रको गुरुयोजना निर्माण गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको प्रसिद्ध धार्मिक र पर्यटकिय स्थानको रुपमा रहेको स्थानापति क्षेत्रलाई व्यवस्थित गर्ने र मन्दिर गुम्बा लगाएतका पूर्वाधारको विकास गरी नगरकै आकर्षक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्यले गुरु योजना नै निर्माण गरी वृहत कार्यक्रम संचालन गर्ने सोच नगरपालिकाले राखेको छ ।
अघिल्लो बैठकमा स्थापनापति मन्दिर क्षेत्रको विकास लागि गुरु योजना निर्माण गर्ने कुरा उठेकोले कार्यपालिकाका सवै सदस्यहरुलाई स्थान विशेषको जानकारी साथै आवश्यकता र औचित्यताको अनुभुति समेतका लागि स्थानापतिमानै बैठक संचालन गरेको नगर प्रमुख लब श्रेष्ठले वताए ।
जे माग्यो त्यहि बर पाईने विश्वास रहेको स्थानापति मन्दिर मन्थली नगरपालिकाको ९ नम्बर वडामा रहेको छ । यस अघी नगरपालिकाले बाङ्गेसल्ला देखि मन्दिर सम्म आकर्षण सिंढि निर्माण गरी पैदल यात्री लाई मन्दिर सम्मको आवागमनमा सुविधा उपलव्ध गराएको थियो । नगरले निर्माण गरेको उक्त सिंढि जिल्लाकै नमुनाको रुपमा रहेको छ ।
स्थानापति मन्दिर बैरा महादेवको नामले समेत चिनिन्छ । शिवरात्रि, बालाचतुदर्शि, तिज लगाएतका पर्वमा मन्दिरमा मेला लाग्ने गर्दछ । सिन्धुली, दोलखा र रामेछापका विभिन्न भागका दर्शनार्थिहरु मन्दिरमा पुजाआराधानको लागि आउने गरेका छन् ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस