पहिलो महिनाको तलब विद्यार्थीकाे पढाईमा खर्चिन्छु : सांसद चाैलागाइ
रामेछाप – रामेछाप प्रदेश सभा ख बाट निर्वाचित प्रदेश सभा सदस्य युवराज चाैलागाइले सांसद भए बापत सरकारले दिने पहिलो महिनाकाे तलब रकम विद्यार्थीका पढाइका लागि खर्च गर्ने बताएका छन् । चाैलागाइले आइतबार एक विद्यालयकाे स्थापना दिवसकाे अवसरमा बाेल्दै यस्ताे बताएका हुन् ।
मन्थली नगरपालिका ९ पुरानागाउमा श्री स्थानापति माध्यमिक विद्यालयकाे ६२ अाै स्थापना दिवसका अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै प्रदेश सभा सदस्य चाैलागाइले आफ्नाे पहिलो महिनाकाे तलब विद्यार्थीकाे पढाइका लागि खर्च गर्ने बताएका छन् । चाैलागाई सांसदमा निर्वाचित भएपछि पहिलोपटक उक्त विद्यालयकाे स्थापना दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा सहभागी भएका हुन ।
कार्यक्रममा उनले विद्यालयकाे चाैतर्फी विकासका लागि सहयाेग गर्न आफू तयार रहेकाे बताए । त्यसैगरि कार्यक्रममा साेहि वडामा रहेकाे धार्मिक स्थाल थानापति महादेव मन्दिरकाे प्रचारकाे अभाव भएकाे र उक्त मन्दिरलाई धार्मिक पर्यटन स्थलका रुपका विकास गर्न सकिने समेत सांसद चाैलागाइले बताए ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- २ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ३ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ४ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ५ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ६ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ७ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ८ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल















प्रतिक्रिया दिनुहोस