सत्ता गठबन्धन दलकाे चुनावी प्रचार सुरु
रामेछाप – रामेछापमा सत्ता गठबन्धनदले वडा तहबाट चुनावी प्रचार सुरु गरेकाे छ । साेमबार लिखुतामाकोशी गाउँपालिकाको वडा नं ५ नगदहबाट प्रचार अभियान सुरु भएको हो ।
जिल्लाका ६४ ओटै वडा सम्म पुग्ने गरी अभियान सुरु गरिएको निर्वाचन परिचालन समितिले बताएको छ ।
चुनावी सभालाई संबोधन गर्दै नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छारामले रामेछापको विकासको लागि आफ्नो उम्मेद्वारी रहेको बताए । तामाङले आफू सरकारको कुनै पनि जिम्मेवारीमा नहुँदा पनि जिल्लामा व्यक्तिगत खर्चमा धेरै सामाजिक काम र भौतिक विकासको काम गरेको बताउँदै अब सरकारकै प्रतिनिधि भएर काम गर्ने चाहना रहेकाले भन्दै उनले मंसिर ४ को निर्वाचनमा अाफुलाइ रुख चिन्नमा मतदान गर्न अनुरोध गरेकाछन् ।
त्यस्तै गठबन्धनको तर्फबाट रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठले अहिलेको निर्वाचन एउटा पात्रले मात्रै जित्ने निर्वाचन नभइ जिल्लाको पाँच बर्षको विकासको खाकाले जित्ने भएकाले सबै मतदाताले निर्वाचनमा भाग लिएर गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व राज्य मन्त्री एवं नेकपा माओबादी केन्द्रका जिल्ला इन्चार्ज श्याम कुमार श्रेष्ठ कुशलले अहिले राजतन्त्र फर्काउने एजेण्डा सहित एमाले चुनावी अभियानमा आएको आरोप लगाउदै रामेछापमा एमालेलाई जनताले अस्वीकार गर्नुपर्ने धारणा राखेका छन् ।श्रेष्ठले प्रतिनिधिसभाको उम्मेद्वार कान्छाराम तामाङ समाज सेवी र विकास प्रेमी नेता भएकाे भन्दै अत्याधिक मतले बिजय गराउन आम मतदातालाई अनुरोध गरेका छन् । त्यस्तै प्रदेश सभाका उम्मेद्वार श्रेष्ठले यस अघि संविधान सभाको सदस्य हुँदा सविधान बनाउने काम गरेर देशलाई स्थिरताको बाटोमा पुर्याएको बताउँदै अब जिल्लाको विकासको लागि पनि जिताउन अनुरोध गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस