प्रदेश समानुपातिकतर्फ रामेछापबाट कांग्रेस नेता घिमिरे
रामेछाप – नेपाली कांग्रेस रामेछापबाट बागमती प्रदेशकाे समानुपातिक प्रदेश सभा सदस्यका लागि उज्वलराम घिमिरेको उम्मेदवारी परेकाे छ ।
नेपाली कांग्रेसले प्रदेश सभा सदस्यका लागि कांग्रेस युवा नेता उज्वलराम घिमिरेको नाम बागमती प्रदेशकाे समानुपातिक तर्फकाे उम्मेदवारमा सिफारीस गरेकाे हाे । बागमती प्रदेशमा अन्तर्गत समानुपातिकतर्फ ४४ सदस्य हुने व्यवस्था छ । जस्का लागि रामेछापबाट घिमिरेकाे नाम पनि सिफारिस परेकाे छ । नेपाली कांग्रेस प्रदेश सभा (क) बाट समानुपातिकतर्फ प्रदेश सभा सदस्यका लागि १५ जनाकाे नाम सिफारिस भएका थियाे ।
नेपाल विद्यार्थी संघबाट राजनितीमा प्रवेश गरेका नेता घिमिरे नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य हुन् । काठमाण्डौ स्कुल अफ लको इकाई अध्यक्ष , पुर्वान्चल विश्वविद्यालय समन्वय समितिको अध्यक्ष हुदै नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्य समेत भएका घिमिरे नेपाली कांग्रेसकाे १४ औं महाधिबेसन बाट पार्टीको प्रदेश समिति सदस्यमा निर्वाचित भएका थिए । घिमिरेले कानुन शास्त्र र राजनिती शास्त्रमा स्नाकाेत्तर गरेका छन् ।
विद्यार्थीकाल देखि नै राजनितीमा रुचि राख्ने घिमिरे जिल्लाकाे समग्र समस्या र जनताकाे सेवा गर्नका लागि अाफु उम्मेदवार भएकाे बताउछन् । घिमिरेले भने पछिल्लो समय राजनितीले युवापिडीमा वितृष्णा पैदा गरेकाे देखिएकाे भन्लै उनले भने कांग्रेसले अाफु लगाएत थुप्रै युवा पुस्तालाई टिकट दिएर युवाकाे सम्मान गरेकाे बताए । उनले अझ थपे विद्यार्थी राजनितीबाट अाएका र युवा पुस्तालाई टिकट दिएर अाम युवापुस्ताकाे समस्या सम्बाेधन गर्ने जिम्मा युवालाई नै सुम्मेकाे प्रष्ट छ त्यसकारण नेपाली काग्रेसकाे रुख चिन्नमा मतदान गर्न सम्पुर्णलाइ अनुराेध समेत गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस