माअाेवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्यमा रामेछापबाट प्रत्यक्षमा ६ जना सिफारिस
रामेछाप -नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रामेछापले
प्रतिनिधि सभा सदस्यका लागि प्रत्क्षमा ६ जनालाई सिफारिस गरेकाे छ ।
मंगलबार बसेकाे माअाेवादी केन्द्र रामेछापको बैठकले आगामी ४ मंसिरमा हुने निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको हाे । बैठकले संघ र प्रदेशको लागि उम्मेदवार सिफारिस गरेको छ ।
बैठकले प्रतिनिधिसभाको लागि प्रत्यक्षमा ६ जनाको नाम सिफारिस गरेको छ भने समानुपातिकका लागि ५ जनाकाे नाम सिफारिस गरेकाे छ । प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फका लागि सिफारिस हुनेहरुमा बहालबाला सांसद श्याम कुमार श्रेष्ठ (कुशल), पोलिष्टव्यूरो सदस्य युवराज चौलागाईं, पूर्वसांसद डिल्लीमान तामाङ, पूर्वदोरम्बा सैलुङ गाउँपालिका अध्यक्ष कमान सिंह मोक्तान, पूर्वसांसद लक्ष्मी गुरुङ र विक्रम राना मगर रहेका छन् ।
त्यसैगरि समानुपातिक तर्फ ५ जनाको नाम सिफारिस भएका छन् । सिफारिस हुनेहरुमा नरेशबाबु श्रेष्ठ, श्याम नारायण श्रेष्ठ, सुनिता गौतम, उद्धव रम्तेल र श्रीबहादुर माझी रहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस