प्रदेश सभा क रामेछापमा नेपाली कांग्रेसबाट प्रत्येक्षतर्फ १९ र समानुपातिकतर्फ १५ जना अाकाक्षी
रामेछाप – रामेछाप जिल्लाकाे प्रदेश सभा क मा नेपाली कांग्रेसकाे तर्फबाट प्रदेश सभा सदस्यका लागि प्रत्येक्षतर्फ १९ र समानुपातिकतर्फ १५ जनाले अाकाक्षा राखेका छन् ।
प्रदेश समितिले बिहीबार प्रदेश सभा सदस्यमा प्रत्येक्ष तथा समानुपातिक तर्फबाट उमेदवार हुन चाहानेहरुकाे नामावली संकलन गरेकाे छ । संकलन भएकाे नामावली अनुसार ६ पत्येक्षतर्फ १९ जना र समानुपातिकतर्फ १५ जनाकाे नाम संकलन गरिएकाे नेपाली कांग्रेस प्रदेश सभा क रामेछापका सभापति निरज खड्काले जानकारी दिएका छन् ।
संकलन भएकाे नामावलीमा प्रदेश सभा “क” बाट प्रत्येक्षतर्फका १९ जनामा निरोज खड्का, आङ्देण्डी शेर्पा, उज्वलराम घिमिरे ,केदार बिक्रम खड्का, कृष्णबहादरु महत, गजेन्द्र कार्की, झपडराज भण्डारी, दीपक खड्का,नरबहादुर थापामगर, भिमशेन बस्नेत
युवराज भट्टराई, भोजराज खड्का ,महेश कुमार कार्की
रत्नबहादुर कार्की,रमेश खड्का,रामकृष्ण खड्का, लेखबहादुर कार्की ,शम्भु प्रसाद घिमिरे र सुभास चन्द्र
महत रहेका छन् ।
त्यसैगरि समानुपातिकतर्फ १५ जनामा अन्जु अधिकारी, उर्मीला कार्की ,कल्पना खड्का,कुमारी हायू ,केदार बहादुर कार्की, गेल्जे शेर्पा,जमुना कार्की,ज्योती सुनुवार, ध्रुब मगराती, बासुदेव कार्की ,बिमल वाग्ले,लिला सुनुवार,शिव श्रेष्ठ,सिर्जना खड्का र सन्ध्या घताने रहेकाे सभापति खड्काले बताए ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले अागामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्यकाे निर्वाचनमा उमेदवार हुन इच्छुककाे नाम भाद्र १६ गते सम्म सिफारिस गर्न परिपत्र गरेपछि बिहिवार प्रदेश समितिले इच्छुकहरुकाे नाम संकलन गरेकाे हाे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस