पुर्व विद्यार्थी समाजद्वारा विद्यार्थीलाई ट्रयाकसुट वितरण
रामेछाप – श्रीकालीदेवि अाधारभुत विद्यालय टेकनपुरमा अध्ययनरत विद्यार्थीलाइ पुर्व विद्यार्थी सलाजले ट्रयाकसुट वितरण गरेकाे छ । शुक्रबार एक कार्यक्रमकाबीच समाजले ट्रयाकसुट वितरण गरेकाे हाे ।
श्रीकालीदेवि अाधारभुत विद्यालयमा कक्षा १ देखि ५ कक्षामा सम्म अध्ययन गर्ने ५३ जना विद्यार्थीलाई समाजले ट्रयाकसुट वितरण गरेकाे समाजका अध्यक्ष ज्ञानु श्रेष्ठले जानकारी दिएकी छिन् । पुर्व विद्यार्थी समाजकाे पहलमा समाजसेवी एवं नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि भरत चाैलागाइकाे सहयाेगमा ट्रयाकसुट वितरण गरिएकाे श्रेष्ठले बताइन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठले पुर्व विद्यार्थी समाजले विद्यार्थीका उपलब्ध गराएकाे ट्रयाकसुट र काेराेना कहरका समयमा गरेकाे सहयाेग प्रति धन्यवाद दिदै निरन्तर सहयाेगकाे अपेक्षा व्यक्त गरेका छन् ।
त्यसैगरि विद्यालयका प्राध्यानध्यापक गुञ्ज श्रेष्ठले विद्यालयलाई प्रविधि मैत्री बनाउन र कम्प्युटर शिक्षा प्रदान गर्नका लागि कम्प्युटर र इन्टरनेटकाे अावस्यक परेकाे भन्दै सहयाेगका लागि पुर्व विद्यार्थी समाजसँग अाग्रह गरेका छन् ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस