बालिका जबर्जस्ती करणी अाराेपमा मन्थलीका माझी पक्राउ
रामेछाप -मन्थली नगरपालिका ६ का २८ वर्षिय गाेविन्द माझीलाई बालिका जबर्जस्ती करणी गरेकाे अाराेपमा जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेकाे छ । गत मंगलबार सिन्धुलीकाे ग्वालटारबाट माझीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
रामेछापको मन्थली बसपार्क स्थित कृतिका थकाली एण्ड गेष्ट हाउसमा एक १५ वर्षीय बालिकामाथी जबर्जस्ती करणी गरेकाे अाराेपमा उजुरी परेपछि माझीलाइ पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरिक्षक राजु प्रसाद ढकालले जानकारी दिएका छन् ।
यहि असार ५ गते बसपार्क स्थित कृतिका थकाली एण्ड गेष्ट हाउसमा बालिकालाई बिहे गर्छु भनि ललाइ फकाइ गरेर जबर्जस्ती करणी गरेकाे अाराेपमा माझिलाइ पक्राउ गरिएकाे सुचना अधिकारी ढकालले जानकारी दिएका छन् ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस