काँग्रेस हारेको झोकमा ………………
रामेछाप – काँग्रेसले लौरो उठाएपनि जित्ने भनिएको मन्थली नगरपालिकाको वडा नम्बर ३ मा काँग्रेस एमाले सग नराम्रो सँग पराजित भयो । भोट गन्दा काँग्रेसकै धेरै भएको ठाउँमा काँग्रेसको पराजय , त्यसमा पनि धेरै फराकिलो मतले ।
काँग्रेसका वडा अध्यक्ष मात्र हारेनन्, मन्थली नगरपालिकाको मेयर पनि कठजोरले अन्तरघात गर्दा हार्यो । त्यसैको समिक्षा गर्नका लागि शनिबार कठजोरमा समिक्षा बैठक वोलाइयो । नेता देखि कार्यकर्ता हरु समिक्षा बैठकमा जुटे ।
तर प्रदेश कार्य समितिका सदस्य प्रदिप रोकाले समिक्षाको कुनै गुन्जायस देखेनन् । तिमरु सवै अन्तरघाति भन्दै भटाभट नेता देखि कार्यकर्ता सम्म लाई कुटपिट गरे । हातमा जे भेट्यो त्यहिले प्रदिपले बजाउन थालेपछि बैठक भाँडियो । कार्यकर्ताहरुको भागाभाग भयो । छुट्याउन खोज्नेले पनि गोदाई भेटे ।
समिक्षा कार्यक्रममा मादक पदार्थ सेवन गरी पुगेका रोकाले भेलामा पुगेका नेता युबराज भट्टराई, केशव कुमार रोका, संतोष भट्टराई, नारायण भट्टराई, राजन रोका, किरण बोगटी लगाएतलाई कुटपिट गरे ।
अन्तरघातिको संज्ञा दिदै उनिहरुकै कारण वडा र नगरमा निर्वाचनमा पराजय भोग्नु परेको आरोप लगाउदै जे पायो त्यहिले कुटपिट गरेको वडा सदस्यमा पराजित राजन रोकाले वताए ।
कुटपिटमा घाईते भएकाहरु तामाकोशी अस्पतालमा सामान्य उपचार पछि घर फर्केका छन् । प्रहरी नायव उपरिक्षक राजकुमार थिङका अनुसार कुटपिटमा सम्लग्न रोकालाई प्रहरीले हिरासतमा लिएको छ । पिडितहरुको जाहेरी आएपछि आवश्यक कारवाहि अघी बढाईने थिङले वताए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस