दोरम्बा शैलुङ गाउँपालिकाको मतगणना स्थलमा तनाव
४ राउण्ड हवाई फायर
रामेछाप – रामेछापको दोरम्बा शैलुङ गाउपालिकामा मतगणनाको क्रममा तनावको स्थिति श्रृजना भएको छ । मतगणना स्थानमा विद्युत लाईन गएको गएपछि गणना केन्द्र बाहिर रहेका सर्वसाधारणले ढुङा प्रहार गरेका थिए । ढुङा हान्दै भिड ढोकाबाट अघी बढ्न खोजेपछि प्रहरीले ४ राउण्ड हवाई फायर गरेर स्थितिलाई नियन्त्रणमा लिएको छ ।
प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडिका अनुसार मतगणना स्थानका लागि मात्र वत्तिको लागि पुग्ने एमसिभि भएपनि बाहिर वस्ने सर्वसाधारणका लागि समेत सोहि एमसीभिबाट लाईन दिदा विद्युत खपत वढ्न गई एमसिभि झरेको थियो । वत्ति निम्ने वित्तिकै इन्भर्टरको विजुली सप्लाई गरेपनि बाहिरबाट हो हल्ला नरोकिएकोले स्थिति असहज वनेको थियो ।
बाहिर रहेका सर्वसाधारणले ढुंगा प्रहार गर्दा प्रहरी निरीक्षक सहित केहि प्रहरीलाई ढुङगा लागेको पहाडिले वताए । ‘अहिले अवस्था सामान्य भइसकेको र मतगणना जारी रहेको छ ’ पहाडिले भने ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस