बाबियाखर्कमा शिव पाञ्चायन मन्दिर
रामेछाप । रामेछाप नगरपालिका ८ बाबियाखर्कको गणेशचोकमा निर्माण भएको शिव पाञ्चायन मन्दिरको मंगलबार प्राण प्रतिष्ठा गरीएको छ ।
बैदिक विधि पूर्वक मन्दिरको प्राण प्रतिष्ठा गर्नुका साथै नबग्रह पुजा, रुद्री चण्डी, बेद लघुरुद्री पाठ गरीएको थियो । उक्त धार्मिक कार्यमा करिव ५० जना पण्डित पुरोहितको सहभागिता रहेको थियो । मंगलबार अपरान्ह लाखवत्ति प्र्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।
पूर्व जलश्रोत राज्य मन्त्री लक्ष्मण प्रसाद घिमिरेले मन्दिरको अनावरण गर्नुभएको थियो । स्थानीय बासिन्दाले करिव ४५ लाख चन्दा संकलन गरी उक्त मन्दिरको निर्माण भएको हो । स्थानीय बासिन्दाले मन्दिरमा नियमित पुजा अर्चनाका लागि मंगलबारनै करिव ११ लाखको अक्षयकोषको व्यवस्था गरेका छन् । मन्दिर परिसरमा नगग्रह, नारायण, गणेश लगाएतका मुर्तिहरु समेत स्थापना गरीएका छन् । उक्त मन्दिर जिल्लाकै प्रमुख धार्मिक गन्तव्य हुने स्थानीयले विश्वास लिएका छन् ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस