भ्रष्टाचारविराेधी डाक्टर आचार्य स्वास्थ्य तथा परराष्ट्रमन्त्री बन्ने संभावना बलियाे बन्दै
अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त वैज्ञानिक तथा भ्रष्टाचारविरोधी अभियन्ता डा. रमेश आचार्य नेपालको आगामी मन्त्रिपरिषद्मा स्वास्थ्य मन्त्री वा परराष्ट्र मन्त्रीको रूपमा नियुक्त हुन सक्ने बलियो सम्भावना देखिएकाे छ।
कोरोना महामारीका बेला हजारौं नेपालीलाई स्वास्थ्य परामर्श र सहयोग प्रदान गरी राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्याएका डा. आचार्यको नाम अहिले चर्चामा छ। चिकित्सा विज्ञान र अनुसन्धानमा मात्र सीमित नभई, उहाँले १०४ भन्दा बढी देशमा सेमिनार गरिसकेका छन् र अन्तर्राष्ट्रिय सम्बन्ध पनि बलियो छ।
स्वास्थ्य मन्त्री बनेमा के गर्न सक्छन्?
यदि उहाँ स्वास्थ्य मन्त्री बन्नु भयो भने, नेपालको सार्वजनिक स्वास्थ्य प्रणालीमा व्यापक सुधार हुने अपेक्षा गरिएको छ। उहाँले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने र स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधि तथा अनुसन्धानलाई प्राथमिकता दिने योजना ल्याउन सक्नुहुन्छ।
परराष्ट्र मन्त्री बनेमा के गर्न सक्छन्?
परराष्ट्र मन्त्रीको रूपमा, उहाँको अन्तर्राष्ट्रिय अनुभव र सम्पर्कले नेपाललाई विश्वमञ्चमा थप मजबुत बनाउन सक्छ। उहाँले कूटनीतिक सम्बन्ध विस्तार गर्न, वैदेशिक लगानी भित्र्याउन र स्वास्थ्य प्रविधिलगायतका विषयमा अन्तर्राष्ट्रिय सहकार्य बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्नेछन्।
डा. आचार्यको योग्यता, इमानदारी र अनुभवले सरकारका नीति तथा कार्यक्रमलाई नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। उहाँले हाल जेन-जी आन्दोलनलाई पनि सहयोग गर्दै आउनु भएको छ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- २ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ३ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ४ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ५ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ६ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा
- ७ नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी
- ८ जिल्ला अदालतकाे न्यायीक बाह्य पहुँच कार्यक्रम दाेरम्बा शैलुङ्मा










प्रतिक्रिया दिनुहोस