भ्रष्टाचारविराेधी डाक्टर आचार्य स्वास्थ्य तथा परराष्ट्रमन्त्री बन्ने संभावना बलियाे बन्दै
अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त वैज्ञानिक तथा भ्रष्टाचारविरोधी अभियन्ता डा. रमेश आचार्य नेपालको आगामी मन्त्रिपरिषद्मा स्वास्थ्य मन्त्री वा परराष्ट्र मन्त्रीको रूपमा नियुक्त हुन सक्ने बलियो सम्भावना देखिएकाे छ।
कोरोना महामारीका बेला हजारौं नेपालीलाई स्वास्थ्य परामर्श र सहयोग प्रदान गरी राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्याएका डा. आचार्यको नाम अहिले चर्चामा छ। चिकित्सा विज्ञान र अनुसन्धानमा मात्र सीमित नभई, उहाँले १०४ भन्दा बढी देशमा सेमिनार गरिसकेका छन् र अन्तर्राष्ट्रिय सम्बन्ध पनि बलियो छ।
स्वास्थ्य मन्त्री बनेमा के गर्न सक्छन्?
यदि उहाँ स्वास्थ्य मन्त्री बन्नु भयो भने, नेपालको सार्वजनिक स्वास्थ्य प्रणालीमा व्यापक सुधार हुने अपेक्षा गरिएको छ। उहाँले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने र स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधि तथा अनुसन्धानलाई प्राथमिकता दिने योजना ल्याउन सक्नुहुन्छ।
परराष्ट्र मन्त्री बनेमा के गर्न सक्छन्?
परराष्ट्र मन्त्रीको रूपमा, उहाँको अन्तर्राष्ट्रिय अनुभव र सम्पर्कले नेपाललाई विश्वमञ्चमा थप मजबुत बनाउन सक्छ। उहाँले कूटनीतिक सम्बन्ध विस्तार गर्न, वैदेशिक लगानी भित्र्याउन र स्वास्थ्य प्रविधिलगायतका विषयमा अन्तर्राष्ट्रिय सहकार्य बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्नेछन्।
डा. आचार्यको योग्यता, इमानदारी र अनुभवले सरकारका नीति तथा कार्यक्रमलाई नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। उहाँले हाल जेन-जी आन्दोलनलाई पनि सहयोग गर्दै आउनु भएको छ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- २ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ३ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ४ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ५ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ६ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ७ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ८ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना













प्रतिक्रिया दिनुहोस