मन्थलीमा मोतियाबिन्दुको शल्यक्रिया हुने
रामेछाप – तिलगंगा आँखा प्रतिष्ठानले रामेछापको सदरमुकाम मन्थलीमा माेतियाबिन्दुकाे शल्यक्रिया शिविर संचालन गर्ने भएकाे छ । तिलगंगाले तामाकोसी अस्पतालमा दुइ दिने शल्यक्रिया शिबिर संचालन गर्नेे भएकाे हाे ।
मोतियाबिन्दुका कारण अन्धोपनको शिकार भएका बिरामीहरुलाई लक्षित गर्दै संचालन गर्न लागिएकाे उक्त शिविरमा जिल्लाका बिभिन्न स्थानबाट आँखा परिक्षण गर्दा माेतियाबिन्दुकाे समस्या भएका बिरामीहरुलाई छनौट गरेर यही भदौ १३ र १४ गते मन्थलीमा शल्यक्रिया शिबिर संचालन गर्न लागिएको हो ।
शिबिरमा करिब १ सय ५० जनाको शल्यक्रिया गर्ने लक्ष राखिएको रामेछाप सर्जिकल आँखा केन्द्रका प्रमुख उमेश तामाङ्गले बताउनु भयाे । शिविर तिलगंगा आँखा प्रतिष्ठान र रामेछाप सर्जिकल आँखा केन्द्रले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।
तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सक सहितको १० जना भन्दा बढीको स्वास्थ्यकर्मीको टोली शिबिरमा सेवा दिने छन् । रामेछाप जिल्लासँगै छिमेकि जिल्लहरु दोलखा, काभ्रे र सिन्धुलीलाई समेत केन्द्रित गरेर उक्त शिविर संचालन गरिएको आँखा केन्द्र मन्थलीका प्रमुख तामाङले बताउनु भयाे ।
शिविरमा मेसिन र हातले मात्र पनि शल्यक्रिया गरिने आयोजक संस्थाहरुले जनाएका छन् । शिबिरमा मेसिनबाट शल्यक्रिया गर्नेहरुले शुल्क सहितको सेवा पाउने भएका छन् भने हातबाट मात्र शल्यक्रिया गर्नेहरुले भने निः शुल्क सेवा लिन सक्ने आयाेजकले जानकारी दिएकाे छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- २ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ३ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ४ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ५ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ६ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा
- ७ नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी
- ८ जिल्ला अदालतकाे न्यायीक बाह्य पहुँच कार्यक्रम दाेरम्बा शैलुङ्मा










प्रतिक्रिया दिनुहोस