मन्थलीमा मोतियाबिन्दुको शल्यक्रिया हुने
रामेछाप – तिलगंगा आँखा प्रतिष्ठानले रामेछापको सदरमुकाम मन्थलीमा माेतियाबिन्दुकाे शल्यक्रिया शिविर संचालन गर्ने भएकाे छ । तिलगंगाले तामाकोसी अस्पतालमा दुइ दिने शल्यक्रिया शिबिर संचालन गर्नेे भएकाे हाे ।
मोतियाबिन्दुका कारण अन्धोपनको शिकार भएका बिरामीहरुलाई लक्षित गर्दै संचालन गर्न लागिएकाे उक्त शिविरमा जिल्लाका बिभिन्न स्थानबाट आँखा परिक्षण गर्दा माेतियाबिन्दुकाे समस्या भएका बिरामीहरुलाई छनौट गरेर यही भदौ १३ र १४ गते मन्थलीमा शल्यक्रिया शिबिर संचालन गर्न लागिएको हो ।
शिबिरमा करिब १ सय ५० जनाको शल्यक्रिया गर्ने लक्ष राखिएको रामेछाप सर्जिकल आँखा केन्द्रका प्रमुख उमेश तामाङ्गले बताउनु भयाे । शिविर तिलगंगा आँखा प्रतिष्ठान र रामेछाप सर्जिकल आँखा केन्द्रले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।
तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सक सहितको १० जना भन्दा बढीको स्वास्थ्यकर्मीको टोली शिबिरमा सेवा दिने छन् । रामेछाप जिल्लासँगै छिमेकि जिल्लहरु दोलखा, काभ्रे र सिन्धुलीलाई समेत केन्द्रित गरेर उक्त शिविर संचालन गरिएको आँखा केन्द्र मन्थलीका प्रमुख तामाङले बताउनु भयाे ।
शिविरमा मेसिन र हातले मात्र पनि शल्यक्रिया गरिने आयोजक संस्थाहरुले जनाएका छन् । शिबिरमा मेसिनबाट शल्यक्रिया गर्नेहरुले शुल्क सहितको सेवा पाउने भएका छन् भने हातबाट मात्र शल्यक्रिया गर्नेहरुले भने निः शुल्क सेवा लिन सक्ने आयाेजकले जानकारी दिएकाे छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस