कडा किसिमकाे राेगकाे उपचारमा बिमा मार्फत २ लाख सम्मकाे उपचार हुने
काठमाडौं – कडा किसिमकाे रोगकाे स्वास्थ्य उपचारमा स्वास्थ्य बीमा मार्फत २ लाख सम्मको उपचार गर्न सकिने भएकाे छ । यही साउन १ गतेबाट लागू उक्त सेवा लिन सकिने भएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पाैडेेले गम्भीर तथा कडा खालकाे राेग लागेर उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकका लागि राहत पुर्याउने हेतुले उक्त याेजना साउन १ गतेबाट सुरु गर्न लागिएकाे जानकारी दिए । जसमा ८ प्रकारका बिरामीले स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएकाे मन्त्री पाैडेेले बताए ।
कडा राेगहरुमा कुनैपनि क्यान्सर,मुटु राेग ,मृगौला,हेड इन्जुरी,स्पाइनल इन्जुरी , सिकलसेल एनिमिया , पार्किन्सोनिजम र अल्जाइमर जस्ता बिरामीले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।
स्वास्थ्य बीमालाई थप परिस्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन निरन्तर प्रयत्नशील गरिरहेका मन्त्री पाैडेललकाे भनाइ छ । साथै स्वास्थ्य बिमालाई थप व्यवस्थित र प्रभाकारी बनाउनका लागि रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रियाकाे दिनका लागि आग्रह गरेका छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस