पक्षघातका बिरामीलाई निःशुल्क ओैषधी उपलब्ध गराइने
काठमाडौ – पक्षघातको बिरामीकाे उपचारमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराइने भएकाे छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उक्त ओैषधी नि:शुल्क उपलब्ध गराउने बताएका छन् ।
अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने व्यवस्था मिलाइने मन्त्री पौडेलको बताए । थ्रोम्बोलाइटिक ड्रग्स नामक पक्षघातको औषधी निकै महंगो हुने भएकाे र धेरैले ज्यान गुमाउने गरेकाे तथ्यांक रहेकाे मन्त्री पाैडेलले जानकारी दिए ।”उपचार गर्न सकिने भए पनि औषधी दुर्लभ र महँगो हुँदा धेरैको ज्यान जाने गरेको पायौं,’ पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले भने,‘त्यसैले जीवनरक्षाका लागि सरकारले नै औषधी प्रदान गर्ने व्यवस्था मिलाउन लागेका हौँ ।”
अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र मन्त्रालयबीच यससम्बन्धी सहयोगका लागि हस्ताक्षर भएको छ । संस्थाले पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रालयका जनाएको छ ।
थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीको एक मात्रा सेवन गरेमा धेरैको ज्यान जोगिने चिकित्सकहरूले बताउने गरेका छन् । यो औषधीको एउटा मात्राको मूल्य नेपालमा झण्डै एक लाख ३८ हजार पर्छ । र, सहजै उपलब्ध नहुने भएकाले पनि धेरैको ज्यान गइरहेको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस