बालबालिकाकाे नि:शुल्क क्यान्सर उपचार सेवा सुरु
भक्तपुर – क्यान्सर अस्पताल भक्तपुरले १४ वर्षभन्दा मुनिका बालबालिकाकाे नि:शुल्क क्यान्सर उपचार सेवा सुरु गरेकाे छ । बुधबार एक ओैपचारिक कार्यक्रम गर्दै अस्पतालले उक्त सेवा सुरु गरेकाे छ ।
अस्पतालमा आयाेजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले १४ वर्ष उमेर समूहका बालबालिकामा हुने क्यान्सर रोगको सम्पूर्ण उपचार तथा औषधी सेवा नि:शुल्क गर्ने मन्त्रालयकाे निर्णय कार्यान्वयनको चरणमा गएको बताए ।
मन्त्री पाैडेलले क्यान्सर पिडित सम्पुर्ण नागरिकको उपचार सरकारले गर्नुपर्ने दायित्व भएपनि प्रयाप्त स्राेत नभएका कारण नसकिएकाे उल्लेख गर्दै हाललाई देशभरका १४ बर्ष मुनिकाे सबैखाले क्यान्सर पिडित बालबालिकाकाे उपचारलाई निशुल्क गर्ने सुनिश्चित गरिएकाे बताए ।
मन्त्री पाैडेलले नागरिककाे स्वास्थ्यप्रति सरकार संवेदनशील भएकाे उल्लेख गर्दै स्वास्थ्य सेवालाई थप प्रभावकारी तथा उपलब्धि मुलक बनाउनका लागि कुनै कसर बाकी नराख्ने समेत बताए ।
मन्त्रालयले क्यान्सर उपचार निःशुल्क गर्नेगरी गत कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गरेसँगै अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो । याे सेवा देशभर संचालन गरिने भएकाे छ ।
सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौँ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पौडेल नियुक्त भएलगत्तै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार सेवा प्रदान गर्नेगरी पहल सुरु गरेका थिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस