तारकेश्वरमा आँखा शिविर , मोतियाविन्दु देखिएका ३१ जनाको निःशुल्क शल्यक्रिया गरिने
काठमाडौँ – राजधानीको तारकेश्वरमा शनिवार निःशुल्क आँखा शिविर सम्पन्न गरिएको छ । परिवर्तन अभियान नेपालद्वारा आयोजित शिविरमा स्थानीय ६१० जनाको निःशुल्क आँखाको परीक्षण परिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए ।
उक्त नगरपालिकाको वडा नम्बर ५ स्थित नागार्जुन माविमा आयोजित शिविर तिलगंगा आँखा प्रतिष्ठान, तारकेश्वर नगरपालिका वडा नम्बर ५, युवा सारथि क्लब र रानीवन युवा समूहसँगको सहकार्यमा सम्पन्न गरिएको हो । शिविरमा आँखा परीक्षण गराउनेमध्ये ३१ जनामा मोतियाविन्दु देखिएको र उनीहरूको मङ्गलवार तिलगंगा आँखा प्रतिष्ठानमा निःशुल्क शल्यक्रिया गराउने व्यवस्था मिलाइएको अध्यक्ष भट्टले जानकारी दिए । त्यसका लागि प्रतिष्ठान र फूलबारी गुम्बा जगडोलसँगको समन्वयमा उनीहरूको निःशुल्क शल्यक्रिया गरिने उनको भनाइ छ ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्याल, संस्थाका सल्लाहकारहरू सबिन तामाङ, कविता रिजाल, वासुदेव लामा, ५ नम्बरका वडाध्यक्ष शम्भु प्रसाद फुयाँल, नागार्जुन १ का वडाध्यक्ष रामेश्वर लामालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले राज्यले स्वास्थ्यमा नागरिकको पहुँच बढाउन भूमिका खेल्नुपर्नेमा जोड दिए । परिवर्तन अभियान नेपालले सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।

क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस