तारकेश्वरमा आँखा शिविर , मोतियाविन्दु देखिएका ३१ जनाको निःशुल्क शल्यक्रिया गरिने

काठमाडौँ – राजधानीको तारकेश्वरमा शनिवार निःशुल्क आँखा शिविर सम्पन्न गरिएको छ । परिवर्तन अभियान नेपालद्वारा आयोजित शिविरमा स्थानीय ६१० जनाको निःशुल्क आँखाको परीक्षण परिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए ।
उक्त नगरपालिकाको वडा नम्बर ५ स्थित नागार्जुन माविमा आयोजित शिविर तिलगंगा आँखा प्रतिष्ठान, तारकेश्वर नगरपालिका वडा नम्बर ५, युवा सारथि क्लब र रानीवन युवा समूहसँगको सहकार्यमा सम्पन्न गरिएको हो । शिविरमा आँखा परीक्षण गराउनेमध्ये ३१ जनामा मोतियाविन्दु देखिएको र उनीहरूको मङ्गलवार तिलगंगा आँखा प्रतिष्ठानमा निःशुल्क शल्यक्रिया गराउने व्यवस्था मिलाइएको अध्यक्ष भट्टले जानकारी दिए । त्यसका लागि प्रतिष्ठान र फूलबारी गुम्बा जगडोलसँगको समन्वयमा उनीहरूको निःशुल्क शल्यक्रिया गरिने उनको भनाइ छ ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्याल, संस्थाका सल्लाहकारहरू सबिन तामाङ, कविता रिजाल, वासुदेव लामा, ५ नम्बरका वडाध्यक्ष शम्भु प्रसाद फुयाँल, नागार्जुन १ का वडाध्यक्ष रामेश्वर लामालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले राज्यले स्वास्थ्यमा नागरिकको पहुँच बढाउन भूमिका खेल्नुपर्नेमा जोड दिए । परिवर्तन अभियान नेपालले सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।

क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ प्रवताराेही पाण्डेलाई गाउँपालिकाद्वारा आराेहणमा आवस्यक सामग्री प्रदान
- २ खुर्काेटकाे पुलमा निगरानी बढाइने,
- ३ गाेकुलगंगाकाे पलाते खाेलामा डुबेर गुल्मीकाे बुढाथोकीकाे मृत्युु
- ४ शिक्षकलाई राजनिती नगर्न पुर्व उर्जा राज्य मन्त्री तामाङकाे अनुरोध
- ५ पुर्व राष्ट्रपति भण्डारीले सरकारी सुविधा फिर्ता गर्ने
- ६ जोखिम भएको क्षेत्रमा राती गाडी नचलाउने, मौसम सम्बन्धि सुचना प्रभाकवकारी बनाइने
- ७ रामेछापमा भूमिहीन ,सुकुम्बासी तथा अव्यवस्थीत बसोवासी ३ हजार २ सय ३४
- ८ रामेछापका सबैपालिकाले ल्याए आव २०८२/८३ काे बजेट, हेराै कुन पालिकामा कति?
प्रतिक्रिया दिनुहोस