स्वास्थ्य बिमाको अवधारणा नै बुझाउन सकिएन : कांग्रेस महामन्त्री थापा
काठमाडौँ – परिवर्तन अभियान नेपालले राजधानीको तारकेश्वरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ . उक्त शिविर कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्यलाई मौलिकको रूपमा व्यवहारमा लागु हुन नसकेको बताए ।
कांग्रेस महामन्त्री थापाले भने,‘संविधानमा हामीले स्वास्थ्य मौलिक हक हो भनेर लेख्न त सक्यौँ । तर संविधानमा लेख्न जति सजिलो भयो त्यसलाई व्यवहारमा प्राप्त गर्ने कुरा त्यति नै कठिन भयो ।’ उनले गरिबीबाट बाहिर निस्केर स्वास्थ्यको उपचार खर्चको कारणले फेरि गरिब हुन नपारोस् भनेर स्वास्थ्य बिमा अगाडि सारेको बताए । तर स्वास्थ्य बिमाको अवधारणा नै बुझाउन नसकिएको उनको भनाई छ ।
“स्वास्थ्य बिमाको अवधारणा नै नेपालमा बुझाउन सकिएन प्रधानमन्त्रीलाई पनि बुझाउन सकिएन ,नीति निर्मातालाई पनि बुझाउन सकिएन “थापाले गुनासाे गरे ।

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ सभापति सबुज बानियाँले स्वास्थ्य क्षेत्रमा राज्य संवेदनशील बन्नुपर्ने धारणा राखे । तारकेश्वर नगरपालिकाकी उपमेयर सिर्जना बुर्लाकोटी, समाजसेबि बासुदेब लामा , काठमाडौँ महानगरपालिका वडा नम्बर २६ क अध्यक्ष ख्यामराज तिबारी लगायतको उपस्थिति रहेको थियो । गैरनाफामूलक संस्था परिवर्तन नेपाल अभियानले आगामी दिनमा पनि स्वास्थ्य र शिक्षाको क्षेत्रमा निरन्तर काम गर्दै जाने भट्टले जानकारी दिए ।
‘स्वास्थ्य परीक्षण गरौँ, निरोगी र स्वस्थ जीवन बाँचौँ’ भन्ने नाराका साथ तारकेश्वर नगरपालिका वडा नम्बर ४ स्थित पुरानो गुह्येश्वरी माविमा आयोजित स्वास्थ्य शिविरमा करिब ५ सय जना स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए । एसियन मेडिकल स्टुडेन्स एसोसिएसन–नेपालसँगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा स्थानीयलाई स्वास्थ्य सम्बन्धी परामर्शका साथ स्थानीयको स्वास्थ्य परीक्षणका साथै औषधि वितरण गरिएको भट्टको भनाइ छ ।

क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस