देशभरमा तेस्राे जिल्ला अस्पताल रामेछाप

रामेछाप – जिल्ला अस्पताल रामेछाप सेवा प्रवाहमा देशभरमा तेस्राे हुन पुगेका छ । न्यूनतम सेवा मापदण्ड पुरा गर्ने देशभरका १५ शैया अस्पतालहरुमध्ये जिल्ला अस्पताल रामेछापले तेस्रो स्थान प्राप्त गरेको हो ।
बुधबार स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको आयोजना तथा जिल्ला अस्पताल रामेछापको सहकार्यमा भएको एक कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।सार्वजनिक भएकाे तथ्यांक अनुसार जिल्ला अस्पताल बैतडी ९३ प्रतिशत सहित पहिलो ,सिन्धुपाल्चोककाे चौतारा अस्पताल ९२ प्रतिशत पाएर दोस्रो र जिल्ला अस्पताल रामेछाप ९१ प्रतिशत पाएर तेस्रो हुन सफल भएको हो ।
अस्पतालका सेवा प्रवाहका विभिन्न सूचकका आधारमा जिल्ला अस्पतालले यश वर्ष ९१ प्रतिशत अंक प्राप्त गरेकाे छ । यसैगरी यश अघि २०७८ ८७ प्रतिशत,२०७९ मा ८४ प्रतिशत र २०८० मा ८७ प्रतिशत अंक पाको थियाे । यसरी सेवा प्रवाह मापदण्डमा हरेक वर्ष प्रतिशत अंक थपिदै गएकाे देखिएकाे हदा अस्पताल थप सुधाराेन्मुख रहेकाे पाइएकाे छ ।
स्वास्थ्य निर्देशनालयबाट भएकाे अनुगमन तथा मुल्यांकनमा अस्पतालको भवन ,फोहोर व्यवस्थापन,औषधिको व्यवस्थापन , बिरामी उपचार,सेवा प्रवाह लगायतका सूचकमा अस्पतालले राम्रो अंक पाएको अनुगमन टोलीका संयोजक एवं बकुलर रत्ननगर अस्पताल चितवनका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर मदन ज्ञावलीले बताए । जिल्ला अस्पताल रामेछापले पछिल्लो केही वर्ष यता सेवा प्रवाह र गुणस्तरमा सुधार गरेकै कारण अस्पताल देशभरमा तेस्रो हुन सफल भएको वरिष्ठ हार्डजोर्नी विशेषज्ञ डाक्टर दिपेन्द्र पाण्डेले बताए ।
यसैगरी कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले जिल्ला अस्पताल रामेछापलाई नगरपालिकाले आवस्यक सहयोग उपलब्ध गराइरहेकाे र थप सहयोग गर्न पनि नगर सधै प्रतिबद्ध रहेकाे बताए ।
जिल्ला अस्पतालले गरेका कामहरुको बारेमा अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर केशव श्रेष्ठले अस्पतालमा धेरै परिवर्तन आएका जानकारी दिदै उनले न्युनतम सेवा मापदण्डमा अझ सुधार गर्दै लैजाने बताए ।
अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले अस्पतालमा धेरै सेवाहरु थप भएको हुदा सेवाग्राहीहरुलाई गुणस्तरीय र भरपर्दो सेवा लिन जिल्ला अस्पतालमा आउन आग्रह समेत गरे । १५ शैयाको अस्पताल ५० शैयामा स्तरउन्नति भएको र अब छिट्टै कार्यान्वयनमा आउने बताउँदै अध्यक्ष पाख्रिनले अझै विभिन्न सेवा तथा सुविधाहरु थप गर्नका लागी मन्त्रालयमा पहल भैरहेको समेत जानकारी दिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस