मन्थलीमा फागुन २१ देखि २३ गते सम्म दादुरा – रुबेला खाेप अभियान संचालन हुने
रामेछाप – मन्थली नगरपालिकाकाे १४ वटै वडाहरुमा यहि फागुन २१ देखि २३ गते सम्म दादुरा – रूबेला खाेप अभियान संचालन हुने भएकाे छ । देशभर संचालनमा रहेकाे उक्त खाेप अभियान मन्थलीमा भाेली २१ गते देखि ३ दिन संचालन हुने भएकाे हाे ।
कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले स्वास्थका विषयमा गम्भीर विषय भएकाले यस अभियानलाई सफलता पुर्वक संचालन गर्न
नगरकाे सबै संरचनाहरु आ- आफ्नाे क्षेत्रबाट लागिपर्न आग्रह गरे ।
त्यसैगरी नगरपालिकाका प्रशासकीय प्रमुख हरि प्रसाद चापागाईंले खाेप लगाउन छुट्न सक्ने बालबालिकाकाे क्षेत्रलाई ध्यान दिएर स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सबै सराेकारहरुलाई चनाखो भएर लाग्न आग्रह गरेका छन् ।
आइतबार पालिकाले आयाेजना गरेकाे खाेप संचालन सम्बन्धि अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख केशब फ्युयालले खाेप अभियान संचालन सम्बन्धि जानकारी दिदै मन्थली नगरपालिकाका विभिन्न ४१ वटा खाेप केन्द्रहरुमा खाेप अभियान संचालन हुने बताए । त्यसैगरी खाेप अभियान अन्तर्गत मन्थली नगरपालिकामा ४६ जना स्वास्थ्यकर्मी र ९२ जना स्वास्थ्य स्वयंसेवकहरु खटिने छन् । खाेप अभियानका ९ महिना देखि ५ बर्ष सम्मका बालबालिकालाई खाेप प्रादन गरिने छ भने यस अघि खाेप लगाइसकेका बालबालिकाले पनि यस अभियानमा खाेप लगाउन सकिने स्वास्थ्य शाखा प्रमुख फ्युयालले जानकारी दिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस