जिल्ला अस्पताल रामेछापमा विरामीकाे चाप बढ्याे

रामेछाप – जिल्ला अस्पताल रामेछापमा विरामीकाे चाप बढ्न थालेकाे छ । केहिदिन देखि अस्पतालमा रुगा-खाेकी,दम ज्वराे लगाएतका विरामीकाे चाप बढेका हाे ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठका अनुसार माैसम परिर्वतनले गर्दा रुगा-खाेकी,ज्वराे र दमका विरामी बढेकाे बताएका छन् । अहिले दैनिक ओपिडीमा १०० देखि १५० सम्म विरामी आउने गरेकाे अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर श्रेष्ठले जानकारी दिए ।
त्यस्तै डाक्टर श्रेष्ठले माैसम परिवर्तनकै कारण बालबालिकामा पनि सरुवा रुगाखाेकी देखा परेकाे छ । बालबालिकालाई चिसाेबाट जाेगाउन आग्रह गर्दै रुगा- खाेकी लागेका बच्चालाई विद्यालय नपठाउन, पठाइहालेपनि मास्क लगाएर मात्र पठाउन र बच्चाहरुमा स्वास्थ्य समस्या आउनासाथ स्वास्थ्य परिक्षणका लागि अस्पताल लाैजान आग्रह गरेका छन् ।
त्यसैगरी अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर श्रेष्ठले हाल जिल्ला अस्पताल भाैतिक संरचना ,जनशक्ति,उपकरण तथा प्रविधिका हिसाबले सुविधा सम्पन्न भएकाकाे भन्दै उपचार नपाएर र उपचार गर्ने खर्च नभएर जिल्लाका विरामी छटपटिनु नपर्ने बताए । उनले भने संघिय सरकार ,प्रदेश सरकार र स्थानिय तहहरुकाे सहयाेगमा अस्पतालबाट थुप्रै स्वास्थ्य सेवाहरु नि:शुल्क प्रवाह भईरहेकाे छ ।
हाल जिल्ला अस्पताल रामेछापले डाइलाइसिस सेवा,६५ वर्ष माथिका जेष्ठ नाथरिकलाई दन्त सेवा,प्रशुतिजन्य सल्यक्रिया,विभिन्न राेगका विशेषज्ञद्वारा स्वास्थ्य परिक्षण लगाएतका सेवाहरु नि:शुल्क रहेकाे डाक्टर श्रेष्ठले जानकारी दिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- २ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ३ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ४ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ५ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ६ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ७ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ८ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
प्रतिक्रिया दिनुहोस