मन्थलीमा एक दिने तनाव विसर्जन कार्यक्रम
रामेछाप – मन्थलीमा एक दिने तनाव विसर्जन कार्यक्रम भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रामेछाप र जीवन विज्ञानको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला स्थित सरकारी कार्यालयका राष्ट्र सेवक कर्मचारीहरूका लागि एक दिने तनाव विसर्जन कार्यक्रम राखिएको थियाे । कार्यक्रममा तनाव न्यूनीकरण सहितको ऊर्जा ध्यान,निर्विकार क्रिया,निर्मलीकरण क्रिया लगायत स्वजागरण ध्यान विधि पनि गराइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले तनाव विसर्जन कार्यक्रमले राष्ट्रसेवक कर्मचारीलाई कामकाे चाप तथा थकानलाई व्यवस्थापन गर्न र सेवा गर्न उर्जा प्राप्तिमा सहयाेग पुग्ने बताइन । यसैगरी दिनानुदिन आत्महत्याका घटना बढिरहेकोले तनाव विसर्जन कार्यक्रमले आत्महत्या न्यूनीकरण गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छिन् ।
त्यस्तै कार्यक्रममा जिल्ला आयुर्वेद केन्द्र रामेछापका प्रमुख डाक्टर नन्दन कँडेलले कार्यक्रमले स्वास्थ्य रहन र दैनिकीलाई सहजीकरण गर्न मद्दत पुग्ने विस्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा सहभागीहरुले कार्यक्रम प्रभावकारी भएकाे बताएका छन् । उक्त कार्यक्रमले तनाव विसर्जन गर्न महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरूकाे भनाई छ । उनिहरुले आफ्नो जिम्मेवारी पुरा गर्न योग,ध्यान,प्राणायाम हरेक दिन गर्नु पर्ने महसुस गरेको बताएका छन् ।
तनाव विसर्जन कार्यक्रमकाे सहजीकरण जीवन विज्ञानका प्रशिक्षक होमनाथ आचार्य र बिन्दा आचार्यले गरेका थिए ।
कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि , जीवन विज्ञानका प्रशिक्षक शशि श्री पौडेल,मुना आचार्य लगायत जिल्लाका ६५ भन्दा बढी कर्मचारीहरूको उपस्थित रहेका थियो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- २ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ३ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ४ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ५ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ६ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ७ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ८ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय













प्रतिक्रिया दिनुहोस