मन्थलीमा एक दिने तनाव विसर्जन कार्यक्रम

रामेछाप – मन्थलीमा एक दिने तनाव विसर्जन कार्यक्रम भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रामेछाप र जीवन विज्ञानको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला स्थित सरकारी कार्यालयका राष्ट्र सेवक कर्मचारीहरूका लागि एक दिने तनाव विसर्जन कार्यक्रम राखिएको थियाे । कार्यक्रममा तनाव न्यूनीकरण सहितको ऊर्जा ध्यान,निर्विकार क्रिया,निर्मलीकरण क्रिया लगायत स्वजागरण ध्यान विधि पनि गराइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले तनाव विसर्जन कार्यक्रमले राष्ट्रसेवक कर्मचारीलाई कामकाे चाप तथा थकानलाई व्यवस्थापन गर्न र सेवा गर्न उर्जा प्राप्तिमा सहयाेग पुग्ने बताइन । यसैगरी दिनानुदिन आत्महत्याका घटना बढिरहेकोले तनाव विसर्जन कार्यक्रमले आत्महत्या न्यूनीकरण गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छिन् ।
त्यस्तै कार्यक्रममा जिल्ला आयुर्वेद केन्द्र रामेछापका प्रमुख डाक्टर नन्दन कँडेलले कार्यक्रमले स्वास्थ्य रहन र दैनिकीलाई सहजीकरण गर्न मद्दत पुग्ने विस्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा सहभागीहरुले कार्यक्रम प्रभावकारी भएकाे बताएका छन् । उक्त कार्यक्रमले तनाव विसर्जन गर्न महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरूकाे भनाई छ । उनिहरुले आफ्नो जिम्मेवारी पुरा गर्न योग,ध्यान,प्राणायाम हरेक दिन गर्नु पर्ने महसुस गरेको बताएका छन् ।
तनाव विसर्जन कार्यक्रमकाे सहजीकरण जीवन विज्ञानका प्रशिक्षक होमनाथ आचार्य र बिन्दा आचार्यले गरेका थिए ।
कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि , जीवन विज्ञानका प्रशिक्षक शशि श्री पौडेल,मुना आचार्य लगायत जिल्लाका ६५ भन्दा बढी कर्मचारीहरूको उपस्थित रहेका थियो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस