आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई कारबाहीनगरेको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनको घोषणा गरेको छ ।आन्दाेलित चिकित्सक संघले सम्पुर्ण अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेकाे हाे ।
सङ्घले एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने जनाएको छ ।
सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डाक्टर प्रशान्त बिडारीमाथि भदौ २७ गते बिरामीको विषयलाई लिएर आक्रमण भएको थियाे । उक्त घटनामा चिकित्सक द्वय थापा र बिडारीमाथि आक्रमण गर्ने दोषीलाई कानुनी दायरामा नल्याएको भन्दै संघले आन्दोलन गरेकाे हाे ।घटनामा संलग्नलाई कानुनी कारबाहीका लागि सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम समेत दिएको थिए ।
भादाै २७ गते बिरामीका आफन्तले अस्पतालमा नै चिकित्सक द्वय थापा र बिडारीमाथि आक्रमण गरी घाइते बनाएका थिए । उक्त घटनामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको बताएको छ । पक्राउ पर्नेमा पदमपोखरीका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधान रहेका छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- २ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ३ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ४ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ५ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ६ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ७ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ८ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी















प्रतिक्रिया दिनुहोस