आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई कारबाहीनगरेको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनको घोषणा गरेको छ ।आन्दाेलित चिकित्सक संघले सम्पुर्ण अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेकाे हाे ।
सङ्घले एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने जनाएको छ ।
सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डाक्टर प्रशान्त बिडारीमाथि भदौ २७ गते बिरामीको विषयलाई लिएर आक्रमण भएको थियाे । उक्त घटनामा चिकित्सक द्वय थापा र बिडारीमाथि आक्रमण गर्ने दोषीलाई कानुनी दायरामा नल्याएको भन्दै संघले आन्दोलन गरेकाे हाे ।घटनामा संलग्नलाई कानुनी कारबाहीका लागि सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम समेत दिएको थिए ।
भादाै २७ गते बिरामीका आफन्तले अस्पतालमा नै चिकित्सक द्वय थापा र बिडारीमाथि आक्रमण गरी घाइते बनाएका थिए । उक्त घटनामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको बताएको छ । पक्राउ पर्नेमा पदमपोखरीका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधान रहेका छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस