लक्ष्मी आयल स्टोर्सलाई २ लाख जरिवाना
रामेछाप – तोकिए भन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थ विक्री गरेको भेटिएपछि मन्थलीको लक्ष्मी आयल स्टोर्सलाई २ लाख जरिवाना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सोमबार गरेको निरीक्षणको क्रममा पुरानै विल प्रयोग गरी सरकारले तोके भन्दा बढी मूल्यमा ईन्धन विक्री गरेको भेटिएपछि उक्त जरिवाना गरेको जनाएको छ । प्रशासनले यस अघी पनि उक्त आयल स्टोर्सले पेट्रोलमा मिसावट गरी विक्री वितरण गरेको फेला पारेपछि केहि महिना पम्प सिज गरेको थियो ।
उपभोक्ता संरक्षण समितिका निरीक्षण अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेको नेतृत्वमा सोमबार अपरान्ह आयल स्टोर्समा पुगेको निरीक्षण टोलीले कानुन विपरीत विल विजक जारी गरी ईन्धन विक्री भइरहेको भेटेको थियो । आयल निगमले विद्युतिय प्रिन्ट विल बाट मात्र ईन्धन विक्री गर्नुपर्ने नियम लागू गरेपछि उक्त पम्पले आफु खुसी विल बनाएर ईन्धनको विल दिने गरेको थियो ।
घिमिरेका अनुसार विल विजक मात्र हैन , स्थानी प्रशासनमा परेको उजुरीमा गरीएको दावि जस्तै उक्त आयाल स्टोर्सले तोकिए भन्दा बढी मूल्य लिएर ईन्धन विक्री गरेको भेटिएकाले जरिवाना गर्नु परेको हो । सरकारले जेठ ३ गते राति १२ बजे देखि ईन्धनको मूल्य घटाएको भएपनि लक्ष्मी आयल स्टोर्सले पुरानै मूल्य लिइरहेको पाइएकोले पहिलो पटक उक्त जरिवाना गरीएको उनले वताए । कानुन बमोजिम निरीक्षण अधिकृतलाई न्यूनतम २ लाख देखि ३ लाख सम्म जरिवाना गर्न सक्ने अधिकार छ ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस