लक्ष्मी आयल स्टोर्सलाई २ लाख जरिवाना
रामेछाप – तोकिए भन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थ विक्री गरेको भेटिएपछि मन्थलीको लक्ष्मी आयल स्टोर्सलाई २ लाख जरिवाना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सोमबार गरेको निरीक्षणको क्रममा पुरानै विल प्रयोग गरी सरकारले तोके भन्दा बढी मूल्यमा ईन्धन विक्री गरेको भेटिएपछि उक्त जरिवाना गरेको जनाएको छ । प्रशासनले यस अघी पनि उक्त आयल स्टोर्सले पेट्रोलमा मिसावट गरी विक्री वितरण गरेको फेला पारेपछि केहि महिना पम्प सिज गरेको थियो ।
उपभोक्ता संरक्षण समितिका निरीक्षण अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेको नेतृत्वमा सोमबार अपरान्ह आयल स्टोर्समा पुगेको निरीक्षण टोलीले कानुन विपरीत विल विजक जारी गरी ईन्धन विक्री भइरहेको भेटेको थियो । आयल निगमले विद्युतिय प्रिन्ट विल बाट मात्र ईन्धन विक्री गर्नुपर्ने नियम लागू गरेपछि उक्त पम्पले आफु खुसी विल बनाएर ईन्धनको विल दिने गरेको थियो ।
घिमिरेका अनुसार विल विजक मात्र हैन , स्थानी प्रशासनमा परेको उजुरीमा गरीएको दावि जस्तै उक्त आयाल स्टोर्सले तोकिए भन्दा बढी मूल्य लिएर ईन्धन विक्री गरेको भेटिएकाले जरिवाना गर्नु परेको हो । सरकारले जेठ ३ गते राति १२ बजे देखि ईन्धनको मूल्य घटाएको भएपनि लक्ष्मी आयल स्टोर्सले पुरानै मूल्य लिइरहेको पाइएकोले पहिलो पटक उक्त जरिवाना गरीएको उनले वताए । कानुन बमोजिम निरीक्षण अधिकृतलाई न्यूनतम २ लाख देखि ३ लाख सम्म जरिवाना गर्न सक्ने अधिकार छ ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस