भवन अलपत्र पारेर ठेकेदार गायव

रामेछाप । रामेछापको मन्थली नगरपालिका ११ गेलुमा निर्माणाधिन प्राथमिक स्वास्थ्य केन्द्रको भवन महिनौ देखि अलपत्र छोडेर निर्माण व्यवसायी वेपत्ता भएका छन् ।
भवन निर्माण व्यवसायीले अलपत्र पारेकोले सामान्य स्वास्थ्य सेवा लिनका लागि पनि स्थानीयलाई कठिनाई हुदै आएको छ । पुरानै भएपनि साविकको सुविधायुक्त भवन भत्काएर नयाँ भवन निर्माण थालिएको थियो । तर उक्त भवनको निर्माण व्यवसायीले विचमै काम छोडेका छन् । मन्थली नगरपालिका ११ का वडा अध्यक्ष भिमवहादुर मगर भन्छन् – ठेकेदारले यतिवेला सकिसक्नु पर्ने काम विचमै छोडेर हिडेकोले कारवाहिको लागि सम्बन्धित निकायमा आग्रह गरेका छौं । उनले भवन निर्माणका लागि बारम्बार जनप्रतिनिधिले निर्माण व्यवसायीलाई आग्रह गर्दा पनि वेवास्ता गर्दै आएको वताए ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माण गर्न थालेको गेलु प्राथमिक स्वास्थ्य केन्द्रको काम विवस निर्माण सेवाले ठेक्का पाएको थियो । गेलु सहित जिल्लाका १९ वटा स्वास्थ्य संस्थाको भवन निर्माणको लागि संझौता गरेको उक्त निर्माण सेवाले हाल सम्म विजुलीकोट र सालु स्वास्थ्य चौकी बाहेक अन्य स्वास्थ्य संस्थाको काम अलपत्र अवस्थामानै छोडेको छ ।
भवन निर्माणको काममा प्राविधिक सहयोग गर्दै आएको सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापका अनुसार गेलु प्राथमिक स्वास्थ्य केन्द्रको काम करिव ६५ प्रतिशत मात्र सकिएको छ । निर्माण कार्यका लागि भएको संझौताको अवधि सकिएकोले पुनःतीन महिनाको म्याद थपका लागि प्रकृया अघी बढेको आयोजनाका ईन्जिनियर संजयकुमार महतोले वनाएका छन् । आयोजनाको तर्फबाट निर्माण व्यवसायीलाई बारम्बार तागेता गर्दा काम गर्न तिर भन्दा विभिन्न वहाना वनाउदै आएकोले उक्त अवधिमा पनि निर्माण सकिने कुरामा आशंका रहेको आयोजना श्रोतले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ स्वास्थ्य मन्त्रालयले गर्यो विज्ञ टोली गठन, जनसंख्या ,श्रम र आप्रवासन स्वास्थ्य समितिमा डा. सैयद
- २ अपांग संघकाे केन्द्रीय अध्यक्षमा रामेछापको कल्पनाकाे उमेदवारी
- ३ आजबाट एसइई परीक्षा सुरु
- ४ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- ५ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ६ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ७ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ८ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
प्रतिक्रिया दिनुहोस