राष्ट्रपति पाैडेललाई उपचारका लागि दिल्ली लगिदै

काठमाडौ – राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि नयाँ दिल्ली लगिदै छ । पाैडेललाइ केहीबेरअघि श्री एयरको एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको हो ।
राष्ट्रपति पौडेललाइ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा उपचार गराइने छ । राष्ट्रपति पौडेलको स्वास्थयमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
राष्ट्रपति पौडेललाई एक साता अघि ग्यास्ट्रिकको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । पुन: सोमबार फलोअपका लागि राष्ट्रपति पौडेल अस्पताल पुगेका थिए ।
उनलाई व समस्या बढेपछि उनलाई मंगलबार बिहान फेरि अस्पताल भर्ना गरिएको थियो ।
पाैडेलकाे स्वास्थ्यमा थप समस्या देखिएपछि नेपाल र भारतका चिकित्सकको सल्लाहमा भारत लैजाने कुरा भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताएका छन् ।
राष्ट्रपति पौडेललाई विदाई गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस