राष्ट्रपति पाैडेललाई उपचारका लागि दिल्ली लगिदै
काठमाडौ – राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि नयाँ दिल्ली लगिदै छ । पाैडेललाइ केहीबेरअघि श्री एयरको एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको हो ।
राष्ट्रपति पौडेललाइ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा उपचार गराइने छ । राष्ट्रपति पौडेलको स्वास्थयमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
राष्ट्रपति पौडेललाई एक साता अघि ग्यास्ट्रिकको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । पुन: सोमबार फलोअपका लागि राष्ट्रपति पौडेल अस्पताल पुगेका थिए ।
उनलाई व समस्या बढेपछि उनलाई मंगलबार बिहान फेरि अस्पताल भर्ना गरिएको थियो ।
पाैडेलकाे स्वास्थ्यमा थप समस्या देखिएपछि नेपाल र भारतका चिकित्सकको सल्लाहमा भारत लैजाने कुरा भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताएका छन् ।
राष्ट्रपति पौडेललाई विदाई गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस