रामेछापमा फुड फेस्टिबल हुदै

रामेछाप – यहि बैशाख १ र २ गते रामेछापको सदरमुकाम मन्थलीमा सडक फुड फेस्टिबल हुने भएकाे छ । नयाँ वर्षको अवसर पारेर उद्योग बाणिज्य संघ रामेछापले उक्त कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
संघले जिल्लाकाे स्थानीय उत्पादन, धार्मिक एंव सांस्कृतिक पहिचान र पर्यटन प्रबर्द्धनका लागि आन्तरिक पर्यटकलाइ बढाउन र बाह्य पर्यटक भित्र्याउने उदेश्यले उक्त फेस्टिबलकाे आयाेजना गरिएकाे उद्योग बाणिज्य संघ रामेछापका महासचिव कुमार श्रेष्ठले बताए ।
त्यसैगरी साे फेस्टिबलमा विभिन्न जातजातिको पहिचान झल्कने सास्कृतिक कार्यक्रम , पहिरन, खानेकुरा र उत्पादनहरुकाे प्रदर्शन गरिने बाणिज्य संघका कार्यकारी अधिकृत नवीन घिमिरे जानकारी दिए ।
उद्योग बाणिज्य संघ रामेछापको मुख्य आयाेजनामा हुने उक्त कार्यक्रमकाे हाेटल तथा पर्यटन व्यवसायी संघ सहआयाेजक रहनेफछ भने जिल्ला समन्वय समिति,घरेलु तथा साना उद्योग कार्यालय , मन्थली नगरपालिका, रामेछाप नगरपालिका लगाएत अन्य निकाएकाे सहयाेग संचालन हुन लागेकाे वाणिाज्यका कार्यकारी अधिकृत घिमिरेले जानकारी दिएका छन् ।
महाेत्सब मन्थलीकाे मुख्य बजार देवकाेटा चाेक देखि कृषि विकास बैंककाे अगाडि सम्म २५ वटा स्टलहरु रहने छन् ।उक्त महाेत्सवलाई १ लाख भन्दा बढीले अवलाेकन गर्ने अनुमान गरिएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस