रामेछापमा फुड फेस्टिबल हुदै
रामेछाप – यहि बैशाख १ र २ गते रामेछापको सदरमुकाम मन्थलीमा सडक फुड फेस्टिबल हुने भएकाे छ । नयाँ वर्षको अवसर पारेर उद्योग बाणिज्य संघ रामेछापले उक्त कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
संघले जिल्लाकाे स्थानीय उत्पादन, धार्मिक एंव सांस्कृतिक पहिचान र पर्यटन प्रबर्द्धनका लागि आन्तरिक पर्यटकलाइ बढाउन र बाह्य पर्यटक भित्र्याउने उदेश्यले उक्त फेस्टिबलकाे आयाेजना गरिएकाे उद्योग बाणिज्य संघ रामेछापका महासचिव कुमार श्रेष्ठले बताए ।
त्यसैगरी साे फेस्टिबलमा विभिन्न जातजातिको पहिचान झल्कने सास्कृतिक कार्यक्रम , पहिरन, खानेकुरा र उत्पादनहरुकाे प्रदर्शन गरिने बाणिज्य संघका कार्यकारी अधिकृत नवीन घिमिरे जानकारी दिए ।
उद्योग बाणिज्य संघ रामेछापको मुख्य आयाेजनामा हुने उक्त कार्यक्रमकाे हाेटल तथा पर्यटन व्यवसायी संघ सहआयाेजक रहनेफछ भने जिल्ला समन्वय समिति,घरेलु तथा साना उद्योग कार्यालय , मन्थली नगरपालिका, रामेछाप नगरपालिका लगाएत अन्य निकाएकाे सहयाेग संचालन हुन लागेकाे वाणिाज्यका कार्यकारी अधिकृत घिमिरेले जानकारी दिएका छन् ।
महाेत्सब मन्थलीकाे मुख्य बजार देवकाेटा चाेक देखि कृषि विकास बैंककाे अगाडि सम्म २५ वटा स्टलहरु रहने छन् ।उक्त महाेत्सवलाई १ लाख भन्दा बढीले अवलाेकन गर्ने अनुमान गरिएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस