रसुवागढी नाका संचालनमा

रसुवा – रसुवागढी–केरुङ नाका पूर्णरूपमा सञ्चालनमा आएकाे छ । १८ महिना देखि बन्द रहेकाे नाका आजबाट संचालनमा आएकाे हाे ।
गत बुधबार बसेको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैठकले रसुवागढी–केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र मानव आवतजावतका लागि पूर्णरूपमा सञ्चालन गर्ने सहमति गरेको थियो । जस अनुसार आजबाट तातोपानी–झाङ्मु हुँदै दुईतर्फी व्यापार र यारी–पुलाङबाट मानव आवागमन लागि खुला भएकाे हाे ।
चीनसँगका यी दुई नाका पूर्णरूपमा नचल्दा चीनबाट नेपालमा हुने आयातका लागि तेस्रो देशको बाटो प्रयोग गर्नुपरेको थियो, जसले समय र मूल्य बढेर व्यवसायी र उपभोक्ता मारमा परेका थिए । कोरोना महामारीपछि लामो समय बन्द रहेको नाका आंशिक रूपमा मात्र सञ्चालन रहेको थियाे ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस