रसुवागढी नाका संचालनमा
रसुवा – रसुवागढी–केरुङ नाका पूर्णरूपमा सञ्चालनमा आएकाे छ । १८ महिना देखि बन्द रहेकाे नाका आजबाट संचालनमा आएकाे हाे ।
गत बुधबार बसेको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैठकले रसुवागढी–केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र मानव आवतजावतका लागि पूर्णरूपमा सञ्चालन गर्ने सहमति गरेको थियो । जस अनुसार आजबाट तातोपानी–झाङ्मु हुँदै दुईतर्फी व्यापार र यारी–पुलाङबाट मानव आवागमन लागि खुला भएकाे हाे ।
चीनसँगका यी दुई नाका पूर्णरूपमा नचल्दा चीनबाट नेपालमा हुने आयातका लागि तेस्रो देशको बाटो प्रयोग गर्नुपरेको थियो, जसले समय र मूल्य बढेर व्यवसायी र उपभोक्ता मारमा परेका थिए । कोरोना महामारीपछि लामो समय बन्द रहेको नाका आंशिक रूपमा मात्र सञ्चालन रहेको थियाे ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस