• काेसिस न्यूज
  • सुनापति–शैलुङ म्याराथनको तयारी पुरा


    रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक हुन थालेको सुनापति–शैलुङ अन्तराष्ट्रिय म्याराथन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । प्रतियोगिताका लागि रुट निर्धारण, चेकप्वाईन्ट तयारी लगाएतका कार्य शुक्रबार सकिएका छन् । शनिबार विहान प्रतियोगिता शुरु हुनेछ ।
    रामेछापको सुनापति गाउंपालिकाको सांधिडाडाबाट सुरु हुने उक्त म्याराथन प्रतियोगिता रामेछाप र दोलखाको सिमावर्ति शैलुङ पुगेर टुंङ्गिने छ । ५५, २५ र ५ किलोमिटर लामो उक्त म्याराथन प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको हो । जिल्ला खेलकुद विकास समिति, सुनापति गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिका लगाएतले स्थानीय व्यवस्थापनको जिम्मेवारी लिएका छन् । प्रतियोगितामा भाग लिने धावक सुनापति आउने क्रम जारी रहेको छ । प्रतियोगिताका भिन्दा भिन्दै प्रतिस्पर्धामा कुल २ सय २० जना धावकहरुले भाग लिदैछन् ।
    आयोजकका अनुसार प्रतियोगिता अन्तरगत ५५ किलोमिटर लामो म्याराथन प्रतियोेगिता हिलेदेवि, गाल्वा, खांडादेवि, दोरम्बा, निगलाबास, डडुवा धारा, घलेडाडां हुदै शैलुङ पुग्नेछ । प्रतियोगिता अन्तरगत म्याराथनका लागि स्वदेशी र विदेशी समेत ५० जना धावकले नाम दर्ता गराएका छन् ।
    यसैगरी सुनापतिबाट सिधै शैलुङ पुग्ने २५ किलोमिटर म्याराथनमा १ सय १ जना र शैलुङडाडांमा मात्र सिमित ५ किलोमिटर लामो म्याराथनमा ६९ जना धावकले नाम दर्ता गराएका छन् । प्रतियोगितामा बेलायत, अमेरीका, स्वीडेन, जर्मनी लगाएतका विदेशी तथा नेपाली धावकहरुले प्रतिस्पर्धा गर्न लागेका हुन ।
    यसअघी नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको आदिवासी जनजाति पदमार्ग र पर्यटकिय स्थान शैलुङको प्रचारका लागि उक्त म्याराथन आयोजना गरीएको हो । प्रतियोगिताले स्थानीय जनजिवन, पर्यपर्याटन र शैलुङको सौन्दर्यलाई विश्वसामु प्रचार गर्ने उद्धेश्य राखिएको छ ।
    काठमाण्डांै भन्दा पूर्वि पहाडको सवैभन्दा नजिकमा पर्ने शैलुङबाट हिमालयको दृष्यावलोकन गर्न सकिन्छ । ३ हजार १ सय ४७ मिटर अग्लो शैलुङडाडांलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नका लागि यस अघी पर्यटन मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहले पूर्वाधार विकासका लागि लगानी गर्दै आएका छन् ।


    क्याटेगोरी : खेलकुद, समाचार

    प्रतिक्रिया दिनुहोस