रामेछापका खड्का ईजिप्टमा सम्मानित

रामेछाप – रामेछाप जेसिज वर्ष २०२० का अध्यक्ष युवा व्यवसायी तथा समाजसेवी गोपाल खड्का ईजिप्टमा सम्मानित भएका छन ।खड्कालाई ईजिप्टका लागि नेपाली राजदुत सुशिल के लम्सालले सम्मान प्रदान गरेका हुन ।
ईजिप्टको राजधानी कायरोस्थित होटल स्विस ईन नाईलमा आयाेजित एक समारोहमा लामो समयदेखि स्वास्थ्य क्षेत्र मार्फत समाजमा याेगदान दिनुका साथै नेपालमा विभिन्न सामाजिक काम गरेर ख्याती कमाउन सफल भएकाे भन्दै सम्मानित गरिएको आयोजक समितिले जनाएको छ ।
खड्का विगत एक दशक भन्दा लामो समयदेखि स्वास्थ्य व्यवसायमा संलग्न छन । रामेछापका विभिन्न विकट क्षेत्र तथा विद्यालयहरुमा सामाजिक कार्यका सक्रिय रहदै आएका खड्कालाई इजिप्टमा पाएकाे सम्मानले सामाजिक काम गर्न थप उर्जा मिलेको प्रतिक्रिया दिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ वडा कार्यालयको भवन निमार्ण विरुद्ध स्थानियको विरोध
- २ मन्थली क्याम्पसकाे स्ववियुमा अनेरास्ववियुका पुष्करलाई हराउदै नेबिसंघका अविनाश निर्वाचित
- ३ शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
- ४ सुनापति–शैलुङ म्याराथनको तयारी पुरा
- ५ प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की
- ६ शैलुङ्मा अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै
- ७ फैसला विरुद्ध प्रदर्शन र तोडफोड
- ८ उद्योग वाणिज्य संघमा थापामगरको प्यानल विजयी
प्रतिक्रिया दिनुहोस