रामेछाप उद्याेग वाणिज्य संघमा दुई बेग्ला बेग्लै प्यानलको उम्मेदवारी

रामेछाप – रामेछाप उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि शुक्रबार दुई बेग्ला बेग्लै समूहले मनोनयन पत्र दर्ता गराएका छन् ।
संघको अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ ।
वर्तमान अध्यक्ष केशव प्रसाद घिमिरेले स्वतन्त्र उमेदवारी दर्ता गरेका छन् भने नविन कुमार थापामगर र नबराज ढुङ्गेलले समूह सहित उमेदवारी दर्ता गराएका छन् । थापामगर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र प्रति झुकाव राख्ने व्यवसायीका साझा उम्मेदवार हुन भने ढुङ्गेल नेकपा एमालेसंग झुकाव राख्ने व्यवसायीका तर्फबाट उमदेदवार भएका छन् ।
आउदो २७ गते रामेछाप उद्योग वाणिज्य संघको बरिष्ट उपाध्यक्ष, दुई जना उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष, १ सहसचिव लगाएत १७ पदका लागि निर्वाचन हुदैछ । सवै पदमा दुई समूहबाट प्रतिस्पर्धा हुने गरी उमेदवारी दर्ता गरीएको छ ।
यसैविच अध्यक्ष पदका प्रत्यासि नविन कुमार थापामगरको समूहले उमेदवारी दर्ता पछि पत्रकार भेटघाट गर्दै आफ्नो उमेदवारी व्यवसायीको हितका लागि अझ बढी काम गर्नका लागि भएको जनाएको छ ।
कार्यक्रममा अध्यक्षका उम्मेदवार थापामगरले विगत देखि संघको विभिन्न पदमा रहेर काम गरेको अनुभव आफुसंग रहेको र व्यवसायीका पिरमर्काको विषयमा पूर्ण रुपमा जानकार भएकाले भोलिका दिनमा उद्योग व्यवसायीको सेवाका लागि आफु र आफ्नो टिमले जित्नेमा पूर्ण आशावादि रहेको वताए । उनले वजार व्यवस्थापन, यातायात व्यवस्थापन, व्यवसायीलाई कर भ्याटको शिक्षा र तालिम, राज्यका निकाय संग व्यवसायीले तिर्नु पर्ने करको दायरा घटाउने लगाएतका योजना आफुसंग रहेको र त्यसका लागि राज्यका हरेक निकाय संग संघर्ष गरेर उपलव्धि दिलाएरै छाड्ने प्रतिवद्धता पनि कार्यक्रममा गरे ।
संघ अन्तरगत रामेछाप जिल्लाका विभिन्न वजार केन्द्रमा १ हजार ३ सय ८७ जना सदस्य रहेका छन् । उनीहरु सवैले मतदान गर्ने अपेक्षा राखिएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ वडा कार्यालयको भवन निमार्ण विरुद्ध स्थानियको विरोध
- २ मन्थली क्याम्पसकाे स्ववियुमा अनेरास्ववियुका पुष्करलाई हराउदै नेबिसंघका अविनाश निर्वाचित
- ३ शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
- ४ सुनापति–शैलुङ म्याराथनको तयारी पुरा
- ५ प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की
- ६ शैलुङ्मा अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै
- ७ फैसला विरुद्ध प्रदर्शन र तोडफोड
- ८ उद्योग वाणिज्य संघमा थापामगरको प्यानल विजयी
प्रतिक्रिया दिनुहोस