मन्थलीमा प्रथम नगरकप भलिबल शुरु

रामेछाप । रामेछापको मन्थली नगरपालिकामा प्रथम नगर कप रनिङशिल्ड पुरुष भलिवल प्रतियोगिता आईतबार देखि शुरु भएको छ । प्रतियोगिताको मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले उद्घाटन गरेका छन् ।
मन्थली नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख लब श्रेष्ठले यस अघि मेयर कपले चिनिएको उक्त प्रतियोगितालाई अझ बढी नागरिकको अपनत्व हुने गरी नगरकप को नामाकरण गरीएको वताए । यस अघी उक्त प्रतियोगिताको नाम मेयर कप रहदै आएको थियो । उद्घाटन कार्यक्रममा केहिले मेयर कपको नाम परिवर्तन गरिएकोमा गुनासो गरेका थिए ।
कार्यक्रममा उप प्रमुख इश्वरी वस्नेत , प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे, गैसस महासंघ जिल्ला शाखाका अध्यक्ष रत्न कँडेल, रामेछाप उद्योग वाणिज्य संघका सचिव सुरेश उदास लगाएतले खेलकुद प्रतियोगिता अनुसाशित ढंगले संचालनका लागि शुभकामना दिएका थिए ।
प्रतियोगितामा मन्थली नगरपालिकाका १४ वटा वडाको टिमको सहभागिता रहेको छ । उद्घाटन खेलमा मन्थली १ ले मन्थली २ टिमलाई सोझो सेटमा पराजित गरेको थियो । लिग कम नकआउट चरणमा हुने उक्त प्रतियोगिता मंगलबार सम्म संचालन गरिने आयोजकले जनाएको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
- २ पुण्यमाता खोलामा पक्की पुल निर्माणको लागि शिलान्यास, स्थानीय हर्षित
- ३ कांग्रेस रामेछापकाे महासमितिमा सहमतिका लागि न्याैपानेकाे संयाेकत्वमा समिति गठन
- ४ पौडेलको नेतृत्वमा जाजरकोटमा १०० अस्थायी आवास निर्माण
- ५ दुर्गा प्रसाईंलाई नजरबन्दमा राख्ने सरकारकाे तयारी
- ६ कर दिवसमा नवजागरण बचत र ओम स्टोर्स सम्मानित
- ७ नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिने
- ८ प्रसाईं समुहले प्रहरीको घेराबार ताेडेर हिडेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार
प्रतिक्रिया दिनुहोस