मन्थलीमा प्रथम नगरकप भलिबल शुरु
रामेछाप । रामेछापको मन्थली नगरपालिकामा प्रथम नगर कप रनिङशिल्ड पुरुष भलिवल प्रतियोगिता आईतबार देखि शुरु भएको छ । प्रतियोगिताको मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले उद्घाटन गरेका छन् ।
मन्थली नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख लब श्रेष्ठले यस अघि मेयर कपले चिनिएको उक्त प्रतियोगितालाई अझ बढी नागरिकको अपनत्व हुने गरी नगरकप को नामाकरण गरीएको वताए । यस अघी उक्त प्रतियोगिताको नाम मेयर कप रहदै आएको थियो । उद्घाटन कार्यक्रममा केहिले मेयर कपको नाम परिवर्तन गरिएकोमा गुनासो गरेका थिए ।
कार्यक्रममा उप प्रमुख इश्वरी वस्नेत , प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे, गैसस महासंघ जिल्ला शाखाका अध्यक्ष रत्न कँडेल, रामेछाप उद्योग वाणिज्य संघका सचिव सुरेश उदास लगाएतले खेलकुद प्रतियोगिता अनुसाशित ढंगले संचालनका लागि शुभकामना दिएका थिए ।
प्रतियोगितामा मन्थली नगरपालिकाका १४ वटा वडाको टिमको सहभागिता रहेको छ । उद्घाटन खेलमा मन्थली १ ले मन्थली २ टिमलाई सोझो सेटमा पराजित गरेको थियो । लिग कम नकआउट चरणमा हुने उक्त प्रतियोगिता मंगलबार सम्म संचालन गरिने आयोजकले जनाएको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस