बोयर बोका वितरण
रामेछाप । उन्नत पशु नश्ल सुधार कार्यक्रम अन्तरगत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले किसानहरुलाई बोयरको बोका वितरण गरेको छ ।
बोयर जातको (७५ प्रतिशत ) बोका ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरीएको हो । अनुदानका बोयर बोकाहरु शनिबार मन्थलीमा आयोजित कार्यक्रममा बागमति प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठले किसानलाई वितरण गरेका थिए । वितरित बोकाहरु विभिन्न .पशु समूह, सहकारी र फार्मले वुझेका छन् ।
केहि बर्ष देखि रामेछापमा कार्यक्रम संचालन गर्दै आएको परियोजनाले मन्थली नगरपालिका, खांडादेवि गाउंपालिका र सुनापति गाउंपालिकामा बाख्रा जोन कार्यक्रम लागू गरी उन्नत जातको बोका पाठी वितरण, खोर निर्माण, पानी पोखरी निर्माण , मेसिनरी औजार , औषधि र उपचार लगाएतमा किसानलाई सघाउदै आएको छ ।
जिल्ला समन्वय समितिका उप प्रमुख प्रेमसागर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले किसानलाई सरकारले विभिन्न सेवा सुविधा उपलव्ध गराएको उल्लेख गर्दै लगानीको उच्चतम सदुपयोग हुनु पर्नेमा जोड दिए । गाउंमा वस्ने युवाशक्ति कमी भएको बेला व्यवसायीक रुपमा पशु तथा कृषि पेशा अगांल्ने किसानलाई स्थानीय सरकारले पनि सघाउदै आएको उनले वताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयांघरे र परियोजना प्रमुख थिरलाल गैहे्रले समेत परियोजनाको सहयोगले नश्ल सुधार भई पशुपालक किसानले बढी भन्दा बढी लाभ लिन सक्ने वताएका थिए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस