कांग्रेस नेता भण्डारीकी आमाकाे निधन
काठमाडौं – नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको आमा हरिकला भण्डारीको निधन भएको छ । गए राति ग्यास सिलिन्डर पड्केर घाइते भएकी भण्डारीकाे किर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएकाे हाे ।
बिहिवार विहान १० बजेर ५७ मिनेट जाँदा उपचारका क्रममा निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर निजिना ताम्राकारले जानकारी दिएकी हुन ।।
गए राति खाना पकाउने ग्यास सिलिन्डर लिक भएर चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । घाइते भएका सांसद भण्डारी र उनकी आमाकाे कीर्तिपुर अस्पतालमा उपचार भैरहेकाे थियाे ।
कीर्तिपुर अस्पतालले सांसद भण्डारीको स्वास्थ्य अवस्था जटिल रहेकाले सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न भनेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।
भण्डारीको अवस्था बुझ्न कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री पदम गिरी लगायत अस्पताल पुगेका थिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस