कांग्रेस नेता भण्डारीकी आमाकाे निधन

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको आमा हरिकला भण्डारीको निधन भएको छ । गए राति ग्यास सिलिन्डर पड्केर घाइते भएकी भण्डारीकाे किर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएकाे हाे ।
बिहिवार विहान १० बजेर ५७ मिनेट जाँदा उपचारका क्रममा निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर निजिना ताम्राकारले जानकारी दिएकी हुन ।।
गए राति खाना पकाउने ग्यास सिलिन्डर लिक भएर चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । घाइते भएका सांसद भण्डारी र उनकी आमाकाे कीर्तिपुर अस्पतालमा उपचार भैरहेकाे थियाे ।
कीर्तिपुर अस्पतालले सांसद भण्डारीको स्वास्थ्य अवस्था जटिल रहेकाले सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न भनेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।
भण्डारीको अवस्था बुझ्न कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री पदम गिरी लगायत अस्पताल पुगेका थिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ वडा कार्यालयको भवन निमार्ण विरुद्ध स्थानियको विरोध
- २ मन्थली क्याम्पसकाे स्ववियुमा अनेरास्ववियुका पुष्करलाई हराउदै नेबिसंघका अविनाश निर्वाचित
- ३ शैलुङ अन्तर्राष्ट्रिय अल्ट्र म्याराथन सम्पन्न
- ४ सुनापति–शैलुङ म्याराथनको तयारी पुरा
- ५ प्रविधि युक्त कक्षाकाेठा देखि छात्रवृत्ति सम्मकाे व्यवस्था हुन्छ:सभापतिका उम्मेदवार कार्की
- ६ शैलुङ्मा अल्ट्रा अन्तराष्ट्रिय म्याराथन हुँदै
- ७ फैसला विरुद्ध प्रदर्शन र तोडफोड
- ८ उद्योग वाणिज्य संघमा थापामगरको प्यानल विजयी
प्रतिक्रिया दिनुहोस