चिकित्सक संघद्वारा आज देशभर स्वास्थ्य संस्थामा आकस्मिक बाहेक अन्य सेवा बन्द

काठमाडौ – चिकित्सक माथी भएकाे प्रहरी आक्रमणकाे विराेधमा माघ २९ गते आइतबार देशभरका सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेक अन्य सेवा बन्द रहने नेपाल चिकित्सक संघले जनाएको छ ।
शुक्रबार प्रहरीले भीभीआईपीको सुरक्षाका नाममा चिकित्सक माथि भएकाे आक्रमणकाे विरोधमा नेपाल चिकित्सक संघ आन्दोलित भएको हाे । संघले विरोधस्वरुप आज देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ।
आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवाबाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको संघकाे विज्ञप्ति उल्लेख गरिएको छ।’
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले वीर अस्पतालका चिकित्सकमाथि लाठी चार्ज गरेको थियो । लाठीचार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत घाइते भएका थिए।
‘
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ रसुवामा आएकाे बाढीमा १५ जना बेपत्ता
- २ प्रशासनले सार्वजनिक गरेकाे क्यूआर काेडमा आउन थाले उजुरी
- ३ नवलपरासीमा बसको ठक्कर बाट दुई युवककाे मृत्यु
- ४ प्रवताराेही पाण्डेलाई गाउँपालिकाद्वारा आराेहणमा आवस्यक सामग्री प्रदान
- ५ खुर्काेटकाे पुलमा निगरानी बढाइने,
- ६ गाेकुलगंगाकाे पलाते खाेलामा डुबेर गुल्मीकाे बुढाथोकीकाे मृत्युु
- ७ शिक्षकलाई राजनिती नगर्न पुर्व उर्जा राज्य मन्त्री तामाङकाे अनुरोध
- ८ पुर्व राष्ट्रपति भण्डारीले सरकारी सुविधा फिर्ता गर्ने
प्रतिक्रिया दिनुहोस