२५ कराेड भन्दा बढी सेयर पुजि भएकाे सहकारीको नियमन राष्ट्र बैंकले गर्ने
२५ कराेड भन्दा बढी सेयर पुँजि र ५० कराेड भन्दा बढीकाे काराेबार गर्ने सहकारीकाे नियमन राष्ट्र बैंकले गर्ने भएकाे छ । यसरी राष्ट्र बैंकले नियमन, निरीक्षण तथा सुपरिवेक्षण गर्दा प्रचलित कानूनको समेत अधिकार प्रयोग गर्नेछ ।
कानुन न्याय तथा संसदीय मन्त्रालयले शुक्रबार संसदमा दर्ता गरेको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण तथा व्यवसायिक वातावरण प्रबर्द्धन सम्बन्धी केही ऐनलाई संसोधन गर्न बनेको विधेयक २०७९’ मार्फत नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा संशोधन यो व्यवस्था राख्न लागिएको हो ।
त्यसेैगरि ऐनको दफा १०० पछि १००क मा सजायका कुराहरु थप गरिएको छ । पच्चीस करोड रुपैयाँभन्दा बढी सेयर पुँजी वा वार्षिक ५० करोड रुपैयाँ भन्दा बढीको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले ऐन र प्रचलित कानुन बमोजिम बैंकले जारी गरेको आदेश वा निर्देशनको उल्लघंन गरेमा सहकारीका सञ्चालक र कर्मचारीलाई दफा ९९ बमोजिम जरिवाना र दफा १०० बमोजिम सजाय गर्न सकिने व्यवस्था गरिएको छ ।
नेपाल राष्ट्र बैंक ऐन को दफा ५ को उपदफा (१) को खण्ड (च २)मा यो व्यवस्था थप गर्न लागिएको हो । त्यस्तै ऐन को दफा ५ को उपदफा (१) को खण्ड (च१)मा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमन, निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धमा निर्देशन तथा मापदण्ड जारी गर्ने बुँदा थप गरिएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ महासंघ रामेछापको बार्षिक साधारण सभा
- २ नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति सर्वसहमतिमा चयन
- ३ धोवि बाट दुई दिन देखि वृद्ध बेपत्ता
- ४ यातायात समितिद्वारा मृतकका परिवारलाई रकम हस्तान्तरण
- ५ मध्यरातमा मन्त्री पाण्डेद्वारा विमानस्थल अवलाेन
- ६ बिजुली बत्ति बाल्नबाट काेही नागरिक बन्चित हुनु पर्दैन: राज्यमन्त्री तामाङ
- ७ फर्पु सुमाे दुर्घटना :अपडेट
- ८ रामेछापको फर्पुमा सुमाे दुर्घटना हुदा वडा अध्यक्ष सहित ५ जनाकाे मृत्यु
प्रतिक्रिया दिनुहोस