प्रहरीकाे कुटपिटबाट ट्रमा सेन्टरका चिकित्सक सिंह घाइते

काठमाडौ – प्रहरीकाे कुटपिटबाट ट्रमा सेन्टरका चिकित्सक जनिथलाल सिंह घाइते भएका छन्। शुक्रबार राष्ट्रपति सवारी भएको समयमा हिँडेको भन्दै प्रहरीले कुटपिट गरेपछि डाक्टर सिंह घाइते भएकाे हो।
राष्ट्रपति विद्यादेवी भण्डारी बानेश्वरस्थित संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर फर्किने क्रममा बाटो खाली गराइएको थियो । साेही समयमा वीर अस्पतालबाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले कुटपिट गरेका थिए । प्रहरीको कुटपिटबाट चिकित्सककाे टाउकोमा चोट लागेको छ ।
घटनाको विरोधमा चिकित्सकहरूले प्रर्दशन गरेका थिए । चिकित्सककाे प्रदर्शनका कारण केहीबेर सडक अवरूद्ध भएको थियो।
डाक्टरकाे कार्ड देखाएर हिँड्न समेत नदिइएको भन्दै विरोधमा उत्रिएका स्वास्थ्यकर्मीले घटनामा संलग्न प्रहरीले डाक्टरसँग माफी माग्नुपर्ने माग राखेका छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ सरकार बादर र बँदेल नियन्त्रणमा लागेकाे छ : राज्यमन्त्री तामाङ
- २ काम गर्नेहरूलाई हावादारि गफ गर्नेसँग तुलना नगराैं : उपप्रधानमन्त्री सिंह
- ३ प्रेस युनियनले प्रदेश र शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्दै
- ४ हिमाल ढुङ्गेलकाे नेतृत्वमा रामेछापमा सुचनाकाे हकका लागि राष्ट्रिय महासंघ (RTI) गठन
- ५ प्रेस चाैतारी रामेछापको अध्यक्षमा लेख बहादुर विक
- ६ सरस्वती पुजाका अवसरमा कालिदेवी आविमा विविध कार्यक्रम
- ७ मन्थली बचतले स्थापना दिवसमा १ सय सदस्यलाई दिए विद्युतिय चुलाे
- ८ शिक्षक संघद्वारा एसइइमा उत्कृष्ट अंक लाउन सफल १६ विषय शिक्षक सम्मानित
प्रतिक्रिया दिनुहोस