लिखुतामाकाेसी गाँउपालिकाद्वारा निशुल्क स्वास्थ्य शिविर संचालन

रामेछाप – लिखुतामाकाेसी गाँउपालीकाकाे आयाेजनामा तथा तामाकोसी अस्पतालकाे प्राविधिक सहयाेगमा धाेबिमा संचालित २ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । पालिकाले धाेबिकाे झट्टेश्वर माविमा पाैष २९ र ३० गते आयाेजना गरेकाे शिविरमा ६ सय ४४ विरामिले स्वास्थ्य परिक्षण गराएका छन् ।

शिविरमा स्त्रीरोग , हाडजोर्नी , नाक कान घाँटी , बालराेग लगाएत ८ वटा राेगहरुकाे परिक्षण गरिएकाे थियाे । स्वास्थ्य परिक्षण गराएका बिरामीलाइ निशुल्क ओैषधी समेत वितरण गरिएकाे लिखुतामाकाेसी गाँउपालिकाका अध्यक्ष केशब महतले जानकारी दिए ।
दुर्गम गाउमा बसाेबास गर्ने , समयमा उपचार गर्न जान नसक्ने र खर्च अभावका कारण उपचार गराउन नसकेका हरुलाइ लक्ष्यित गरि पालिकाले पालिका स्तरमा नै निशुल्क स्वास्थ्य शिविर संचालन गरेकाे पालिका अध्यक्ष महतले बताएका छन् । त्यसैगरी अध्यक्ष महतले शिविर संचालन गर्न सहयाेग गर्ने डाक्टर, संघ संस्था, स्वास्थ्यकर्मी ,कर्मचारी र श्री झट्टेश्वर माविका शिक्षक तथा कर्मचारीलाई धन्यवाद दिएका छन् ।
पालिकाले यसअघि आँखा शिविर संचालन गरेकाे थियाे ।जसबाट ८०९ बिरामीले आँखा परिक्षण गराएका थिए भने ३६ जनाले निशुल्क आँखाकाे शल्यक्रिया गराएका थिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस