उत्कृष्ट सहकारी संचारकर्मी पुरस्कारबाट श्रेष्ठ पुरस्कृत
काठमाडौ – उत्कृष्ट सहकारी सञ्चारकर्मी पुरस्कारबाट पत्रकार काजी श्रेष्ठ पुरस्कृत भएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)काे दोस्रो वार्षिक साधारण सभाका अवसरमा श्रेष्ठलाई पुरस्कृत गरेको हो ।
कार्यक्रम पत्रकार श्रेष्ठलाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले नगदसहित सम्मान पत्र प्रदान गरेका हुन् । सहकारी खबर डट कमका सम्पादक तथा नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष श्रेष्ठ लामो समयदेखि आर्थिक तथा सहकारी पत्रकारितामा क्रियाशिल छन् ।
पुरस्कृत भएका पत्रकार श्रेष्ठले नेपालको सहकारी क्षेत्रमा सकारात्मक घटनाक्रमलाई समाचार, सूचना, श्रव्यदृश्य मार्फत आम जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सहकारीमा भएका विकृती विसंगतीहरुबाट सहकारी क्षेत्रलाई सुसूचित गर्न सहकारी पत्रकारितामार्फत खेलेको भूमिकाको कदर गर्दै पुरस्कृत गरिएको बागमती प्राेस्कुनले जनाइएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस