उत्कृष्ट सहकारी संचारकर्मी पुरस्कारबाट श्रेष्ठ पुरस्कृत

काठमाडौ – उत्कृष्ट सहकारी सञ्चारकर्मी पुरस्कारबाट पत्रकार काजी श्रेष्ठ पुरस्कृत भएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)काे दोस्रो वार्षिक साधारण सभाका अवसरमा श्रेष्ठलाई पुरस्कृत गरेको हो ।

कार्यक्रम पत्रकार श्रेष्ठलाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले नगदसहित सम्मान पत्र प्रदान गरेका हुन् । सहकारी खबर डट कमका सम्पादक तथा नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष श्रेष्ठ लामो समयदेखि आर्थिक तथा सहकारी पत्रकारितामा क्रियाशिल छन् ।
पुरस्कृत भएका पत्रकार श्रेष्ठले नेपालको सहकारी क्षेत्रमा सकारात्मक घटनाक्रमलाई समाचार, सूचना, श्रव्यदृश्य मार्फत आम जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सहकारीमा भएका विकृती विसंगतीहरुबाट सहकारी क्षेत्रलाई सुसूचित गर्न सहकारी पत्रकारितामार्फत खेलेको भूमिकाको कदर गर्दै पुरस्कृत गरिएको बागमती प्राेस्कुनले जनाइएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस