अभावै अभावका बीच सेवा प्रवाह गर्दै आयुर्वेद
रामेछाप – जिल्ला आयुर्वेद सेवाकेन्द्र मन्थलीले अभावै अभावका बीच सेवा प्रवाह गरिरहेकाे डा:नन्दन कडेलले बताए छन् । साेमबार पत्रकारसँगकाे अन्तरक्रिया कार्यक्रममा डा:कडेलले यस्ताे बताएका हुन ।
जिल्ला आयुर्वेद केन्द्र मन्थलीले आयुर्वेदिक सेवा प्रवद्वनका आयाेजना गरेकाे पत्रकारसँगकाे अन्तरक्रिया कार्यक्रममा रामेछापमा आयुर्वेदिक अस्पतालकाे आवस्यकता रहेकाे बताउदै डाक्टर कडेलले विभिन्न अभावका बिच आयुर्वेद केन्द्रले सेवा प्रवाह गरिरहेकाे बताएका हुन । आयुर्वेद सेवा केन्द्र मन्थलीमा भवन,जनशक्ति तथा उपकरणकाे अभावमा चाहेजती सेवा प्रवाह गर्न नसकिएकाे डाक्टर कडेलले बताए ।
प्रयाप्त जनशक्ति ,भवन तथा काेठाहरु र उपकरण तथा जडिबुटी उपलब्ध भएमा आयुर्वेद सेवा केन्द्रलाई अस्पतालका रुपमा विकास गर्न सकिने कडेलले बताए।
त्यसै कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले मानिसहरु उपचारका लागि हत्तपत्त अस्पताल धाउछन् तर आयुर्वेदीक उपचारमा कम विस्वास गर्ने गरेकाे र उपचारका लागि भनेर आयुर्वेदमा आउने बानी नभएकाले नागरिकलाई आयुर्वेदिक प्रणालीबाट गरिने उपचार थप प्रभावकारी हुने कुरा सचेतना फैलाउन आवस्यक रहेकाे बताए ।
आयुर्वेद सेवा परम्परागत मात्र नभएर परिस्कृत तथा वैज्ञानिक उपचार पद्धति हाे । हाल जिल्लाकाे मन्थली सहित ४ वटा स्थानिय तहमा सेवा विस्तार भएकाे छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ गए राति १२ बजेदेखि मौन अवधि सुरु
- २ रामेछापमा गाडी दुर्घटना : दुईकाे मृत्यु ७ घाइते
- ३ कम्युनिष्ट पार्टीलाईलाई सघाउने हल्ला निराधार : उज्यालो नेपाल पार्टी
- ४ उमाकुण्डका प्रभावशाली नेता हिक्मत ,रामचन्द्रले टिकेट पाएसँगै फर्किए कांग्रेस
- ५ कांग्रेसकाे चुनावी अभियान प्रभावकारी बनाउन वडा स्तरमा समिति बिस्तार
- ६ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- ७ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ८ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त















प्रतिक्रिया दिनुहोस