अभावै अभावका बीच सेवा प्रवाह गर्दै आयुर्वेद

रामेछाप – जिल्ला आयुर्वेद सेवाकेन्द्र मन्थलीले अभावै अभावका बीच सेवा प्रवाह गरिरहेकाे डा:नन्दन कडेलले बताए छन् । साेमबार पत्रकारसँगकाे अन्तरक्रिया कार्यक्रममा डा:कडेलले यस्ताे बताएका हुन ।
जिल्ला आयुर्वेद केन्द्र मन्थलीले आयुर्वेदिक सेवा प्रवद्वनका आयाेजना गरेकाे पत्रकारसँगकाे अन्तरक्रिया कार्यक्रममा रामेछापमा आयुर्वेदिक अस्पतालकाे आवस्यकता रहेकाे बताउदै डाक्टर कडेलले विभिन्न अभावका बिच आयुर्वेद केन्द्रले सेवा प्रवाह गरिरहेकाे बताएका हुन । आयुर्वेद सेवा केन्द्र मन्थलीमा भवन,जनशक्ति तथा उपकरणकाे अभावमा चाहेजती सेवा प्रवाह गर्न नसकिएकाे डाक्टर कडेलले बताए ।
प्रयाप्त जनशक्ति ,भवन तथा काेठाहरु र उपकरण तथा जडिबुटी उपलब्ध भएमा आयुर्वेद सेवा केन्द्रलाई अस्पतालका रुपमा विकास गर्न सकिने कडेलले बताए।
त्यसै कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले मानिसहरु उपचारका लागि हत्तपत्त अस्पताल धाउछन् तर आयुर्वेदीक उपचारमा कम विस्वास गर्ने गरेकाे र उपचारका लागि भनेर आयुर्वेदमा आउने बानी नभएकाले नागरिकलाई आयुर्वेदिक प्रणालीबाट गरिने उपचार थप प्रभावकारी हुने कुरा सचेतना फैलाउन आवस्यक रहेकाे बताए ।
आयुर्वेद सेवा परम्परागत मात्र नभएर परिस्कृत तथा वैज्ञानिक उपचार पद्धति हाे । हाल जिल्लाकाे मन्थली सहित ४ वटा स्थानिय तहमा सेवा विस्तार भएकाे छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ कांग्रेस नेतृ पाण्डेको निधन , कांग्रेसले ३ दिन शाेक मनाउने
- २ लिखु २ को सुरुङमा पानी वन्द गर्न निर्देशन
- ३ सहकारी समस्या समाधानकाे माग गर्दै प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र
- ४ रेशम चौधरीलाइ आममाफी दिन राष्ट्रपतिलाइ सिफारिस
- ५ मानवअधिकारकर्मी पहाडी सहित १७ जना पक्राउ
- ६ कांग्रेस सकिएको छैन, कमजाेर मात्र भएकाे हाे : कांग्रेस नेता केसि
- ७ माछा हैन, लेउ आउछ जालमा
- ८ पूर्वाधार तयार नहुदा माग धान्न सकिएन : राणा
प्रतिक्रिया दिनुहोस