दोश्रो रामेछाप कपको उपाधि सानीमदौको पोल्टामा

रामेछाप । दिपशिखा व्याईज युनाईटेड क्लब मन्थली द्वारा आयोजित जिल्लाकै सर्वाधिक पुरस्कार राशि भएको दोश्रो रामेछाप कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि मन्थलीको सानीमदौ सोसियल सिटीले उचालेको छ ।
शनिबार अपरान्ह भएको फाईनल प्रतिस्पर्धामा सानीमदौ सोसियल सिटीले रिभरसाईड क्लब गाईखुरालाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय सम्म दुवै टिमबाट गोल नभएपछि प्रतियोगिता पेनाल्टि सुट आउटमा पुगेको थियो । पेनाल्टीमा समेत दुवै टीमले ५–५ गोल गरेका थिए । त्यसपछि रेफ्रीले अतिरीक्त पेनाल्टि सुटको मौका दिएका थिए । अतिरीक्त पेनाल्टिमा सानीमदौले १ गोल गरेको थियो भने गाईखुराको पेनाल्टि सुटलाई सानीमदौ सोसियलसिटीका गोलरक्षले नियन्त्रणमा लिएका थिए ।
उक्त प्रतियोगिताको विजेता बनेको सानीमदौ सोसियल सिटीले ३ लाख ३ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ । दोश्रो हुने रिभरसाईड खाईखुराले २ लाख २ हजार नगद पुरस्कार , ट्रफि, मेडल र प्रमाण पत्र र तृतिय स्थान हात पारेको आयोजक दिपशिखा व्याईज युनाईटेड क्लबले १ लाख १ हजार नगद सहितको पुरस्कार प्राप्त गरेको थियो । प्रतियोगितामा विजयी टिम तथा खेलाडीलाई मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले शिल्ड तथा पुरस्कार वितरण गरेका थिए ।
विजया दशमीको अवसरमा असोज १० देखि संचालन भएको उक्त प्रतियोगितामा ९ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको समापन कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला उप सभापति लेखवहादुर कार्की, मन्थली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरेन्द्र कार्की लगाएतले खेल अत्यन्त प्रतिस्पर्धात्मक रहेको वताउदै खेलकुदले जिल्लाका खेलाडिहरुको प्रतिभा प्रष्फुटन गराउनका लागि मद्धत पुगेको वताएका थिए । कार्यक्रममा नगर प्रमुख लब श्रेष्ठले दोश्रो रामेछापकप खुल्ला फुटबल प्रतियोगिताका लागि स्थानीय सरकारले समेत सक्दो सहयोग गरेको वताउदै खेल क्षेत्रको विकासका लागि नगरपालिकाले विशेष ध्यान दिएको औंल्याएका थिए ।

क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस