दोश्रो रामेछाप कप खुल्ला फुटवल प्रतियोगिताको तयारी पुरा
रामेछाप । जिल्लाको सर्वाधिक पुरस्कार राशिको दोश्रो रामेछाप कप खुल्ला पुरुष फुटवल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
विजया दशमी तथा दिपावलीको अवसरमा मन्थलीको दिपशिखा व्याईज युनाईटेड क्लब द्वारा आयोजना हुने उक्त प्रतियोगितामा प्रथम हुने टोलीले ३ लाख ३ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छ । प्रतियोगितामा द्धितिय हुने टिमलाई २ लाख २ हजार, तृतिय हुने टिमलाई १ लाख १ हजार सान्त्वना स्थानमा रहनेलाई २५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यस बाहेक उत्कष्ठ खेलाडि लगाएतलाई बेग्लै पुरस्कारको व्यवस्था क्लवले गरेको छ ।
असोज १० देखि १५ सम्म क्लबको आफ्नै फुटबल मैदान करमबोटमा आयोजना हुने उक्त प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना र बाह्य जिल्ला सहित १५ टिमको सहभागिता रहने क्लबका अध्यक्ष आशिष कार्कीले जनाएका छन् ।
नकआउट आधारमा संचालन हुने प्रतियोगितामा अधिकांश टिमले बाह्य जिल्ला र विदेशी खेलाडि समेत समावेश गराएका छन् । प्रतियोगिताको लागि टाइसिट निर्माण लगाएतका सम्पूर्ण तयारी पुरा भएको क्लबले शनिबार मन्थलीमा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
प्रतियोगिता संचालनका लागि २७ लाख ५६ हजार खर्च लाग्ने अनुमान आयोजक क्लबले गरेको छ । त्यसका लागि अधिकांश रकम जुटिसकेको क्लवले जनाएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस