दोश्रो रामेछाप कप खुल्ला फुटवल प्रतियोगिताको तयारी पुरा
रामेछाप । जिल्लाको सर्वाधिक पुरस्कार राशिको दोश्रो रामेछाप कप खुल्ला पुरुष फुटवल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
विजया दशमी तथा दिपावलीको अवसरमा मन्थलीको दिपशिखा व्याईज युनाईटेड क्लब द्वारा आयोजना हुने उक्त प्रतियोगितामा प्रथम हुने टोलीले ३ लाख ३ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छ । प्रतियोगितामा द्धितिय हुने टिमलाई २ लाख २ हजार, तृतिय हुने टिमलाई १ लाख १ हजार सान्त्वना स्थानमा रहनेलाई २५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यस बाहेक उत्कष्ठ खेलाडि लगाएतलाई बेग्लै पुरस्कारको व्यवस्था क्लवले गरेको छ ।
असोज १० देखि १५ सम्म क्लबको आफ्नै फुटबल मैदान करमबोटमा आयोजना हुने उक्त प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना र बाह्य जिल्ला सहित १५ टिमको सहभागिता रहने क्लबका अध्यक्ष आशिष कार्कीले जनाएका छन् ।
नकआउट आधारमा संचालन हुने प्रतियोगितामा अधिकांश टिमले बाह्य जिल्ला र विदेशी खेलाडि समेत समावेश गराएका छन् । प्रतियोगिताको लागि टाइसिट निर्माण लगाएतका सम्पूर्ण तयारी पुरा भएको क्लबले शनिबार मन्थलीमा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
प्रतियोगिता संचालनका लागि २७ लाख ५६ हजार खर्च लाग्ने अनुमान आयोजक क्लबले गरेको छ । त्यसका लागि अधिकांश रकम जुटिसकेको क्लवले जनाएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ गए राति १२ बजेदेखि मौन अवधि सुरु
- २ रामेछापमा गाडी दुर्घटना : दुईकाे मृत्यु ७ घाइते
- ३ कम्युनिष्ट पार्टीलाईलाई सघाउने हल्ला निराधार : उज्यालो नेपाल पार्टी
- ४ उमाकुण्डका प्रभावशाली नेता हिक्मत ,रामचन्द्रले टिकेट पाएसँगै फर्किए कांग्रेस
- ५ कांग्रेसकाे चुनावी अभियान प्रभावकारी बनाउन वडा स्तरमा समिति बिस्तार
- ६ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- ७ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ८ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त















प्रतिक्रिया दिनुहोस