मन्त्री र उच्च अधिकारीले गरे रामेछाप विमानस्थल निरीक्षण
रामेछाप । संस्कृति , पर्यटन तथा नागरिक उडड्यन मन्त्री जिवनराम श्रेष्ठ सहितका उच्च अधिकारीहरुले विहिबार रामेछाप विमानस्थलको निरीक्षण गरेका छन् । निजी क्षेत्रको समिट यएर चार्टर गरेर अपरान्ह विमानस्थलमा उत्रिएको जम्बो टोलीले केहि वेर विमानस्थलका पूर्वाधार र समस्याका बारेमा निरीक्षण र जानकारी लिएको थियो । कार्यक्रममा विमान कम्पनीका कर्मचारी र नेपाल नागरिक उडड्यन प्राधिकरणका अधिकारीले मन्त्री श्रेष्ठलाई विमानस्थलमा देखिएका समस्याका बारेमा वताएका थिए ।
कार्यक्रममा ईन्धनको समस्या रहेको, विमानस्थल आसपास सुविधा सम्पन्न चमेना गृह नभएको, प्रयाप्त खुल्ला क्षेत्र नभएको, एक्सरे मेसिन र सिसी क्यामेरा नभएको र पर्यटकले उपयोग गर्ने सुविधा कमजोर रहेको गुनासो विमानकम्पनीका संचालकहरुले गरेका थिए ।
नेपाल नागरिक उडड्यन प्राधिकरणले यहि असोज ९ देखि रामेछाप विमानस्थलबाट लुक्ला केन्द्रीत उडान गर्ने तयारी गरेको छ । तारा सिता र समिट एयरले पर्यटकलाई सेवा दिन केन्द्रीत उक्त उडानहरुको तयारी थालेका छन् । स्थानीयले केहि बर्ष देखिनै रामेछाप देखि काठमाण्डौका लागि यात्रु बाहक हवाई सेवा संचालनको माग गरेपनि विमान कम्पनी र सरकारले कानमा तेल हालेर वसेको छ । नाफाखोरी विमान कम्पनी र कम्पनीकै स्वार्थ बमोजिम उनिहरुको कमाईका लागि प्रयोग हुदै आएका नागरिक उडड्यन प्राधिकरणका लागि अधिकारीहरुले रामेछापबासीलाई दिनु पर्ने सेवा प्रति चासो दिएका छैनन् । विमानस्थलमा मन्त्री श्रेष्ठलाई सातामा कम्तिमा १ उडान रामेछापबाट काठमाण्डौका लागि राख्न नागरिक समाजले माग गरेको छ । तर उक्त मागलाई मन्त्री श्रेष्ठले गम्भिर रुपमा लिएनन् । उनले रामेछापबासीको मागका समन्धमा ध्यानाकर्षण भएको वताए । यस अघीका पर्यटन मन्त्री प्रेम आलेले रामेछापको गाल्वामा आयोजित कार्यक्रममा जहाजै चलाईदिन्छु भनेर वोलेका थिए । उक्त वोली समेत त्यसै खेर गएको थियो । रामेछाप विमानस्थल प्रयोग गरेर नाफा आर्जन गर्न पल्केका विमान कम्पनीहरुले रामेछाप काठमाण्डौ सेक्टरमा यात्रु नहुने भन्दै प्राधिकरणका पदाधिकारीहरुलाई जालझेलमा पार्दै आएका छन् ।
काठमाण्डौंको विमानस्थलमा हुने हवाई चापलाइ कम गर्न रामेछाप विमानस्थलबाट लुक्लाका लागि उडान हुन लागेको हो । लुक्लाको मौसम राम्रो हुदा रामेछापबाट अधिकतम उडान गर्ने योजना वायुयान संचालकको छ । काठमाण्डौंबाट लुक्ला जाने यात्रुहरुलाई गाडिमा राखेर विपी राजमार्ग हुदै रामेछाप विमानस्थल सम्म लैजाने र त्यहि बाटो काठमाण्डौ फर्काउने विगतको कार्य यस बर्ष समेत निरन्तरता दिईने भएको छ । काठमाण्डौंबाट रामेछाप विमानस्थल सम्मको सडक मार्ग यात्राका लागि करिव ४ घण्टा लाग्छ । निजी क्षेत्रको तारा सिता र समिट एयरले रामेछापबाट लुक्ला लैजाने तयारी तिव्र पारेका छन् ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस