भिरपानि – पकरवास सम्पर्क समुहद्वारा रक्तदान कार्यक्रम
ललितपुर – श्री नेवा भिरपानि -पकरवास सम्पर्क समुह रामेछापद्वारा ललितपुरको इमाडाेल स्थित बाेझे पाेखरी मन्दिर परिसरमा शनिबार रक्तदान कार्यक्रमकाे अायाेजना गरेकाे छ ।
डेङ्गु राेगकाे महामारीका कारण रक्तसञ्चार केन्द्रहरुमा भएकाे रक्त अभाव र नजिकिँदै गरेकाे चाडपर्वमा हुन सक्ने रगत अभावलाइ मध्यनजर गरि सम्पर्क समुहद्वारा शनिबार बाेझे पाेखरीमा अायाेजना गरिएकाे रक्तदान कार्यक्रममा ७८ जनाले रक्तदान गरेकाे रक्तदान नेवा समुहका सचिव भिम बहादुर श्रेष्ठले जानकारी दिएका छन् । रक्तदान कार्यक्रममा उत्साह पुर्वक सहभागिता रहनुका साथै एकै परिवारका ७ सदस्यले एकै पटक रक्तदान समेत गरेकाे सचिव श्रेष्ठले जानकारी दिए ।
उक्त रक्तदान कार्यक्रम समाजसेवी तुलसा श्रेष्ठकाे पहल तथा समन्वयमा प्रशुति रक्तसञ्चार थापाथलीकाे प्राविधिक सहयोगमा श्री नेवा भिरपानि – पकरवास सम्पर्क समूह रामेछापले अायाेजना गरेकाे हाे ।
सम्पर्क समुहले बेलाबेला रक्तदान कार्यक्रमका साथै सामाजिक कार्यहरु गर्दै अाएकाे समुहका अध्यक्ष राम कुमार श्रेष्ठ (राकेश)ले जानकारी दिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- २ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ३ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ४ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ५ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ६ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ७ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ८ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु















प्रतिक्रिया दिनुहोस